शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • लुम्बिनीमा सत्तापक्ष र गठबन्धनको छुट्टाछुट्टै तयारी: एमालेले बोलायो दलको बैठक
समाचार

लुम्बिनीमा सत्तापक्ष र गठबन्धनको छुट्टाछुट्टै तयारी: एमालेले बोलायो दलको बैठक

काठमाडौं ।  लुम्बिनीमा सत्तारूढ नेकपा एमालेले संददीय दलको बैठक बोलाएको छ । आजदेखि शुरू हुने प्रदेशसभाको बजेट अधिवेशनका विषयमा योजना बनाउन बैठक बोलाइएको बताइएको छ ।

बुधबार बिहान ८ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ ।
दिउँसो १ बजेदेखि शुरू हुने प्रदेश सभामा दलीय धारणा बैठक बोलाइएको बताइएको छ ।

विज्ञापन

विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव पेश गर्नसक्ने आशंकाबीच संसदीय दलको बैठक बोलाइएको हो । गठबन्धनले यसअघि अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो । यो प्रस्ताव संसदमै लैजाने तयारी गठबन्धनले गरेको छ।

विज्ञापन

तर सरकारले संसद अन्त गरी अध्यादेशबाट बजेट ल्याउने आशंका विपक्षी गठबन्धनले गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस