On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमालेको निर्णायक वार्ता हुँदै: छलफलकै लागि दुई पटक बैठक स्थगित
समाचार

एमालेको निर्णायक वार्ता हुँदै: छलफलकै लागि दुई पटक बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको विभाजन रोक्न निर्णायक पहल थालिएको छ । एकातिर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू इतरका नेताहरूलाई कारबाही गर्ने अभियान चलाएको र अर्कोतिर नेपाल समुहले नयाँ पार्टी निर्माण गर्ने अन्तिम तयारी गरेका बेला विभाजन रोक्न पहल थालिएको हो ।

यसै साता नयाँ पार्टी घोषणा गर्ने तयारीमा रहेको वरिष्ठ नेता नेपाल समूहले पनि विभाजन रोक्ने अन्तिम पहलको लागि आफ्ना कार्यक्रम केहिदिन पर धकेलेको छ भने अध्यक्ष ओली समुहले पनि नेपाल समुहका १२ जना नेतामाथि गर्न लागेको कारबाही प्रक्रिया रोकेको छ।

विज्ञापन

पार्टी विभाजन रोक्न एमालेका दुवै समुहका दोस्रो तहका नेताहरू लामो समयदेखि सक्रिय छन् । लामो समयदेखि अनवरत रूपमा खटिएका नेताहरूले विभिन्न विकल्पमा एकता जोगाउने पहल गरेपनि टुंगोमा भने पुग्न सकेका छैनन् । पछिल्ला केहि वार्तामा सहमति नजिक पुगेपनि अन्तिममा सहमति भाँडिएको थियो ।

विज्ञापन

माधव नेपाल समुहबाट नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट लगायतका नेताहरूले ओली समूहसँग लगातार संवाद गरिरहेका छन् भने केपी ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली पार्टी एकता बचाउन लागिपरेका छन्।

आइतबार माधव नेपाल ओलीसंग निर्णायक वार्ता गरी छिनोफानो गर्न गोकर्ण विष्ट लगायतका नेतालाई निर्देशन दिएका छन् । उनले केहिदिनमै छिनोफानो नभए नयाँ पार्टी घोषणा गर्ने बताएका थिए ।

विभाजन रोक्नकै लागि निर्णायक छलफल गर्न प्रधानमन्त्री ओलीले स्थायी कमिटिको बैठक रोकेका छन् । आइतबार साँझका लागि ओलीले एथायी कमिटिको बैठक डाकेका थिए । बैठकमा नेपाल समुहका १२ जना सांसदहरूलाई कारबाही गर्ने एजेण्डा थिए ।

नेपाल समूहसँग निर्णायक छलफलकै लागि ओलीले आइतबारको बैठक स्थगित गरेर सोमबार बिहानको लागि सारेका थिए । सोमबार अनौपचारिक छलफल नसकिएकोले बैठक थप एक दिन पर सारेको स्रोतले बताएको छ । सोमबार बिहानको बैठक मंगलबारको लागि सारिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो । घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, विरोध खतिवडा र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको हो । निर्णायक वार्ता सफल नभएको खण्डमा उनीहरूमाथि कारबाही गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले एकलौटी गरेको र आफूहरूलाई पर्गेलेको आरोप लगाउँदै नेपाल समुहले समानान्तर अभ्यास गरिरहेका छन् । पार्टीलाई एकतापूर्वको अवस्थामा लैजानुपर्ने नेपाल समुहको बटमलाईन छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस