शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपालको रणनीतिः पहिले दल खोल्ने अनि प्रचण्डसँग एकता गर्ने
समाचार

माधव नेपालको रणनीतिः पहिले दल खोल्ने अनि प्रचण्डसँग एकता गर्ने

काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दल खोल्ने तयारी गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको छिनोफानोलाई हेर्ने या अगाडि बढ्ने भन्नेबारे उनले निकटस्थसँग परामर्श गरिरहेको बुझिएको छ । कतिपयले अहिले नै बढ्नुपर्ने त कतिपयले सर्वोच्चको फैसलापछि बढ्नुपर्ने सुझाव दिएका छन् ।

विश्वस्त स्रोतका अनुसार नेपाल सर्वोच्चको आदेश पर्खने पक्षमा छन् । त्यसपछि दल खोल्नेबारे टुंगोमा पुग्ने बुझिएको छ ।

विज्ञापन

माधव नेपालले नयाँ दलको खाका यसअघि नै बनाइसकेका छन् । नेकपा एकीकृत उनीनिकट एकजना पूर्वविद्यार्थी नेताले वैशाखको पहिलो हप्ता निर्वाचन आयोग पुगेर दर्ताको निवेदन दिएका छन् । प्रमाणपत्र पाउन मात्र बाँकी छ । नेकपा क्रान्तिकारी नामको दल खोल्नेबारे पनि नेपालले तयारी गरिरहेका छन् ।

विज्ञापन

आफैले सुरुमा दल खोल्ने र त्यसपछि प्रचण्डसँग एकता गरी नयाँ नाम जुराएर जाने तयारी समेत भएको छ । मंसिरमा चुनाव होस् या नहोस् प्रचण्ड र माधव नेपाल मिलेर नयाँ कम्युनिस्ट शक्ति निर्माणको आन्तरिक सहमति बनिसकेको छ । उक्त दलमा दुवैजना अध्यक्ष रहनेछन् ।

नेकपा छँदा ओलीलाई निष्काशित गरी प्रचण्ड र नेपाल दुवै अध्यक्ष बनेका थिए । तर, अदालतले माओवादी केन्द्र र एमाले ब्युँताएपछि नयाँ परिस्थिति विकास भएको थियो । नेपाल पक्षधर केही नेताहरुको दबाबपछि उनी एमालेमै बसेर संघर्ष गर्ने निष्कर्षमा पुगेका थिए । तर, जसले त्यो सुझाव दिए तिनले नेपाललाई छाडिदिए । एमालेबाट निष्काशनमा परिसकेकाले अब नेपाल सामु नयाँ दल खोलेर बढ्नेबाहेक विकल्प लगभग समाप्त भइसकेको छ ।

११ जेठमा माधव नेपालले कम्युनिस्ट पार्टी पुर्नजागरणको अपिल गरेका छन् । उनले घुमाउरो तरिकाले नयाँ दल खोल्ने आशयसहित गोलबन्द हुन समेत भने । नेपालले वृहत कम्युनिस्ट पार्टी गठनको संकेत गरेका छन् । अब त्यो पार्टी नै माओवादी केन्द्रसँग मिलेर नयाँ दल निर्माण हुने देखिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस