शनिबार, साउन १२, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • ट्राफिक कार्यालय भरतपुरको राजस्व संकलन घट्यो
पत्रपत्रिका

ट्राफिक कार्यालय भरतपुरको राजस्व संकलन घट्यो

चितवन । चितवनमा वैशाख दोस्रो सातापछि लागू गरिएको निषेधाज्ञाका कारण ट्राफिक राजस्व संकलनमा ह्रास आएको छ । आर्थिक वर्ष २०७७/७८ को चैतमा ३८ लाख १५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुरले वैशाखमा २२ लाख २५ हजार रुपैयाँ मात्रै असुली गर्न सकेको छ ।

कार्यालयले सवारीसाधनको प्रकृति र ट्राफिक उल्लंघन गरेको आधारमा का’रबाही गरी राजस्व संकलन गर्दै आएको छ, जसअनुसार वैशाख महीनामा ट्रक÷टिपरबाट ४ लाख १ हजार ५०० रुपैयाँ संकलन भएको छ । चैतमा यस्ता सवारीसाधनबाट ६ लाख ८ हजार ५०० रुपैयाँ संकलन भएको थियो ।

विज्ञापन

यस्तै बस, माइक्रोबाट चैतमा ६ लाख २० हजार ५०० रुपैयाँ राजस्व उठेकोमा वैशाखमा ३ लाख ३३ हजार, जीप, कारबाट चैतमा ९ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएकोमा वैशाखमा ५ लाख ३४ हजार, ट्र्याक्टरबाट चैतमा १ लाख ८९ हजार रुपैयाँ उठेकोमा वैशाखमा १ लाख १४ हजार, मोटरसाइकल का’रबाहीबाट चैतमा ११ लाख ६१ हजार रुपैयाँ असुली भएकोमा वैशाखमा ६ लाख ७७ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै टेम्पो र अन्य सवारीसाधनको कार’बाहीबाट चैतमा २ लाख ९९ हजार ५०० रुपैयाँ संकलन गरेको कार्यालयले वैशाखमा १ लाख ६५ हजार रुपैयाँ मात्र असुली गर्न सकेको छ ।

विज्ञापन

कार्यालयका प्रमुख भगवानराज थापाले निषेधाज्ञाका कारण अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारीसाधन नचलेकाले राजस्व संकलनमा कमी आएको बताए । ‘अहिले सवारीसाधनको आवागमन न्यून पनि छ,’ थापाले भने, ‘का’रबाही गरिएका सवारीका धनीले पनि जरी’वाना रकम बैंकमा जम्मा गर्न पाएका छैनन् ।’ निषेधाज्ञा उल्लंघन र होल्डिङमा गरी कारबाही गरिएका सवारीसाधनको जरीवाना रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा हुने भएकोले पनि राजस्व संकलनमा असर परेको उनको भनाइ छ ।

जिल्लामा वैशाख महीना अवधिभर सबै सवारीसाधन गरी २ हजार ३९९ का’रबाहीमा परेका छन् । चैतमा ४ हजार ७७ ओटा सवारीसाधन का’रबाहीमा परेका थिए । वैशाख १६ देखि नै अत्यावश्यक बाहेकका सवारीसाधन बन्द रहेकाले का’रबाही संख्यामा कमी आएको ट्राफिक प्रहरी प्रमुख थापाले बताए । ‘सरकारी सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधन मात्र चलेका छन्,’ उनले भने, ‘हामी अहिले सवारीसाधनको का’रबाही भन्दा पनि कोभिड न्यूनीकरणमा केन्द्रित छौं ।’ ट्राफिक प्रहरी अन्य सुरक्षा संयन्त्रसँग कोभिड न्यूनीकरण र सचेतनामा खटिएकाले ट्राफिक नियम उल्लंघनको निगरानी ता जरीवाना संकलनको काम समेत प्रभावित भएको उनको भनाइ छ ।

आर्थिक अभियानमा सूर्यप्रसाद अधिकारीले लेखेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस