शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘अग्रगमनको गफ, प्रतिगमनलाई साथ’
समाचार

‘अग्रगमनको गफ, प्रतिगमनलाई साथ’

काठमाडौं । ताप्लेजुङबाट निर्वाचित सांसद तथा एमालेका नेता योगेश भट्टराईलाई केहि समय अगाडीसम्म एमाले बाहेकका युवाहरूले पनि आशालाग्दो नेताका रूपमा चित्रण गर्थे । उनका भाषण, अन्तर्वार्ता र राजनीतिमा गरेका संघर्षले हरेकको मन पग्लिन्थ्यो । कुनै कार्यक्रममा योगेश आउने भनेपछि कार्यकर्ता उनको भाषण सुन्न हुरुक्कै हुन्थे । त्यतिमात्रै होइन एमालेको राजनीति शुरू गरेका युवाहरू योगेश भट्टराई जस्तै नेता बन्ने सपना बोक्थे ।

एमालेका मात्रै नभएर अन्य पार्टीका धेरै कार्यकर्ताले योगेशप्रति सहानुभूति राख्थे । एमालेको दुई तिहाइको सरकार बनेपछि योगेश पनि मन्त्री बनिदिए हुन्थ्यो भन्ने सदासयता राख्नेहरूको कमी थिएन । आफ्नै पार्टीभित्रका गलत कुराको विरोध गर्नसक्ने, नयाँ पुस्ताका आवाज बोल्नसक्ने ति योगेशलाई मन नपराउने कमै थिए एकताका । तर एमाले मिलाउन सक्ने, सबैलाई सम्झाउन सक्ने ति योगेशप्रति अहिले भने बजारमा खासै राम्रो माहोल छैन ।

विज्ञापन

अहिले एमालेकै युवाहरू पनि उनीप्रति सकारात्मक छैनन् । पहिले वाहवाहि गर्ने युवाहरूले उनलाई दुत्कार्न थालेका छन् । सामाजिक संजालमै पनि उनीप्रति आक्रोश पोख्नेहरूको कमि छैन अहिले । केहि युवाहरूले उनलाई सत्ताको हावा लागेको भन्दै लेख्न थालेका छन् । उनी आफैले लेखेका स्टाटस र ट्वीटमा पनि आजकल सकारात्मक कमेन्ट गर्नेहरू कम छन् ।

विज्ञापन

त्यसमाथि गतसाता मात्रै उनले गरेको एउटा निर्णयले उनी थप आलोचित बनेका छन् । राजनीतिक लेनदेन र सत्ता स्वार्थमा लागेर उनले गलत निर्णय लिएको कतिपयले बताउने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गर्दा प्रतिगमन भयो भनेर मन्त्री पद त्यागेर सडक संघर्षमा उत्रिएका योगेश भट्टराई उनी ओलीले अर्कोपटक प्रतिनिधि सभामाथि लात हान्दा फेरि ओली समूहमै फर्किनु सामान्य घटना भने होइन ।

सहानिभुती बटुल्ने शैलीमा योगेशले निकै कठिनाईका साथ जिन्दगीकै महत्वपूर्ण निर्णय लिनुपरेको भन्दै सामाजिक संजालमा लेखेको स्टाटस पनि उनका लागि प्रत्युत्पादक बन्यो । आफूले माधव नेपाललाई साथ् दिन नसकेको निर्णय सामाजिक सञ्जालमा लेख्दैगर्दा उनी थप आलोचित बनेका छन् । उनलाई निकटबाट चिन्नेहरूले एकै पार्टीमा गुट परिवर्तन सामान्य भएपनि उनले गलत समयमा निर्णय लिएको बताउँछन् ।

तार्किक तथा स्पष्ट वक्ता भनेर चिनिएका योगेशले पहिले संसद विघटन हुँदा प्रतिगमन देख्ने तर पछि त्यहि कदमलाई साथ् दिएपछि लेनदेन मिलेर ओलीको कदममा साथ् दिएको विषय पार्टीमै उठेको छ । ओली पक्षले भने योगेशलाई आफ्नो समुहमा ल्याउन सफल भएकोमा दङ्ग छन् ।

पहिलो संसद विघटनमा उनै योगेशले प्रधानमन्त्री ओलीले प्रतिगमन गरेको भन्दै ठुला ठुला सभामा भाषण गरेका थिए । ओली कागजका बादशाह भएको भन्दै उनले छिट्टै सत्ताच्युत गरिने बताएका थिए । तर अहिले भने उनी प्रतिगमनवालासँग काँध जोड्न पुगेका छन् ।

अहिले योगेशलाई लिएर माधव नेपाल समूहभित्र बहस हुन थालेको छ । नेपाल समुहले उनका केही महिनायताका क्रियाकलाप शंकास्पद भएको समेत आरोप लगाएका छन् । एमालेकै एक नेताले यो समयमा योगेशले गरेको निर्णय उनको भविष्यका लागि प्रत्युत्पादक हुनसक्ने बताउँछन् । ‘कि त पहिलेदेखि नै योगेशले ओलीको कदममा साथ् दिएको भए उनीमाथि आरोप लाग्ने थिएन, जस्तो सुवास नेम्वाङ र विष्णु पौडेलले पनि ओलीलाई साथ् दिइरहेका छन् । यो समयमा गरेको निर्णयले अझै उनीमाथि आरोप लाग्नै बाँकी छ’ उनले भने ।

राजनीति कतिसम्म कुरुप हुन्छ भन्ने पछिल्लो समय देखिन थालेको नेताहरू बताउँछन् । राजनीतिमा योगेशले आफूलाई प्रमाणित गर्न समय बाँकी भएपनि पहिलेको लयबाट उनी बाहिरिएका छन् । फेरि पनि लय समात्न नसकिने भने होइन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस