शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • सत्ताधारीले जतिजति चर्तिकला देखाउँछ, क्रान्तिले त्यति नै वैधता पाउछ : घनश्याम भुसाल
Breaking News

सत्ताधारीले जतिजति चर्तिकला देखाउँछ, क्रान्तिले त्यति नै वैधता पाउछ : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित र विभाजन देखाएर समाजमा नक्कली वैधता सिर्जना गर्न प्रयत्न गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले सत्ताले व्यक्तिमा समस्या देख्ने र साम, दाम, दण्ड, भेदजस्ता समाधानका उपाय अपनाउने बताए ।

विज्ञापन

सत्ताधारी वर्गले जतिजति त्यस्तो चर्तिकला देखाउँछ क्रान्तिले त्यति नै वैधता पाउने भुसालको तर्क छ ।

विज्ञापन

यस्तो छ भुसालको स्टाटस

सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ । वास्तवमा परिणाम विपरित हुन्छ ।

उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जान्छ । सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ । यसबारे माक्र्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो ।

अथवा यसरी भनौँ – राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस