शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • सपना भिलेजको सहयोग अभियान जारी , भरतपुर अस्पताललाई थप स्वास्थ्य सामाग्री सहयोग
समाचार

सपना भिलेजको सहयोग अभियान जारी , भरतपुर अस्पताललाई थप स्वास्थ्य सामाग्री सहयोग

चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा रहको सपना भिलेज सोसल ईम्प्याक्टले कारोना कहर नियन्त्रणमा सहयोग अभियान जारी राखेको छ । कोभिड दोस्रो लहरसँगै लगातार सहयोगमा जुट्दै आएको सपना भिलेजले आज फेरि भरतपुर अस्पतालमा विभिन्न स्वास्थ्य समाग्री सहयोग गरेको छ ।

सपना भिलेजका अध्यक्ष धुव्र गिरीले एक समारोहका विच अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त मेसु डा.जगन्नाथ तिवारीलाई ति सामग्री हस्तान्तरण गर्नुभयो ।

विज्ञापन

सो अवसरमा माक्स, पिपिई, ग्लोबसहितको १ लाख ६० हजार रुपैया बराबरको सामान प्रदान गरिएको थियो । सो अवसरमा अध्यक्ष गिरीले भुकम्प, नाकावनदी, प्राकृति विपतीसगैँ दिनदुःखी ,गरिब र चेपागं समुदायको उत्थानका लागि निरन्तर सहयोगमा जुटिरहेको बताउँदै भन्नुभयो “हामी अहिले मुख्य रुपमा अक्सिजन,अक्सिजनसँग सम्बन्धित उपकरण, स्वास्थ्य सामाग्री सहयोगमा लागेका छौं ।” कोभिड दोस्रो लहरसँगै अधिक संक्रमितलाई अक्सिजनको आवश्यकता परेको महसुस गरेर नै अक्सीजनसगैँ उपचार संलग्न चिकित्सकहरुको स्वास्थ्यको उच्च ख्याल गर्दै स्वास्थ्य सामाग्री सहयोग गरेका हौँ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस