शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • पूर्वराजाले भने: महामारीमा जालझेल गर्ने शासकलाई जनताले माफ गर्दैनन्
समाचार

पूर्वराजाले भने: महामारीमा जालझेल गर्ने शासकलाई जनताले माफ गर्दैनन्

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले संसद विघटन गरेपछि प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरेर यस्ता शासकलाई जनताले क्षमा नगर्ने बताएका छन् ।

पूर्वराजा शाहले राजनीतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको आडमा देशलाई दुर्घटनातर्फ धकेल्ने शासकलाई जनताले क्षमा नगर्ने बताएका हुन् ।

विज्ञापन

शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वराजा शाहले विश्व महामारीका बेला ओलीले जनदायित्वबाट पन्छिन खोजेको आरोप लगाएका छन् ।

विज्ञापन

उनले भनेका छन्, ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनीतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस