शनिबार, साउन १२, २०८१
  • होमपेज
  • चितवन विशेष
  • चितवन ट्राफिक प्रहरी कार्यालयको शिलान्यास, २२ वर्षदेखि भाडाको घरमा बस्नुपर्ने बाध्यता हट्ने आशा
चितवन विशेष

चितवन ट्राफिक प्रहरी कार्यालयको शिलान्यास, २२ वर्षदेखि भाडाको घरमा बस्नुपर्ने बाध्यता हट्ने आशा

चितवन ।जिल्ला ट्राफिक चितवनको आज भरतपुरमा कार्यालय भवन शिलान्यास गरिएको छ ।

चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले सो कार्यालय भवनको आज शिलान्यास गरेका हुन् । जिल्ला प्रहरी कार्यालयपरिसरमा बन्ने यो भवन सुरुमा ६ कोठाको हुनेछ ।

विज्ञापन

जिल्ला प्रहरी प्रमुख अधिकारीले भने, ‘ जिल्ला ट्राफिक प्रहरी कार्यालय बनाउने भनेर जग्गा खोज्दा कही नभेटेपछि जिल्ला प्रहरी कार्यालयको पछाडि पट्टी ६ कोठाको कार्यालय भवन बनाउने गरी शिलान्यास गरेको हो । बजेट अभावले अहिले तत्काल डीपीसी मात्र गर्ने तयारी छ ।’ उनले पर्याप्त साधनस्रोतको अभावले ट्राफिक प्रहरीलाई समस्या परेको बताए ।

विज्ञापन

काठमाडौं उपत्यकाबाहेकका जिल्लामा सबैभन्दा धेरै दु’र्घटना हुने जिल्लामा चितवन पर्ने भए पनि चितवन ट्राफिक प्रहरी कार्यालय विगत २२ वर्षदेखि भाडाको घरमा बस्दै आएको थियो । चितवन सबैभन्दा धेरै मुख्य राजमार्ग भएको क्षेत्र भएकोले पनि ट्राफिक प्रहरीको जिम्मेवारी धेरै छ । पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग पनि चितवनमा पर्छन् । जहाँ दैनिक हजारौँ सवारी साधनको चाप हुन्छ । जिल्लाका अधिकांश भित्री सडक कालोपत्रे भएका कारण पनि यहाँ तीव्रगतिका कारण दु’र्घटना हुने गरेको छ ।

आफ्नै भवन नहुँदा र भाडाको पनि जीर्ण भवनका कारण कार्यालय सञ्चालनमा समेत समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले  गुनासो गरे । उनले भने, ‘ बत्ती, ट्वाइलेटको पर्याप्त व्यवस्था छैन । जिल्लाभरबाट कारबाहीका लागि प’क्राउ गरेर ल्याएका सवारीलाई कार्यालयकै अभावमा स्वयम ट्राफिकले नै सडकमा पार्किङ गर्नुपर्ने बाध्यता छ । ’ उनले नयाँ भवनको शिलान्यासले गर्दा २२ वर्षदेखि भाडाको घरमा बस्नुपर्ने बाध्यता हट्ने आशा व्यक्त गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस