शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मिलनतिर एमाले विवाद–२०७५ जेठ २ मा फर्किन ओली सहमत
समाचार

मिलनतिर एमाले विवाद–२०७५ जेठ २ मा फर्किन ओली सहमत

प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्किन सहमत भएका छन् ।
नेकपा एमालेको विवाद मिलाउने प्रयास स्वरुप शुक्रबार भएको वार्तामा प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्किन सहमत भएका हुन् । एमालेको माधव कुमार नेपाल समूहले जेठ २ को अवस्थामा फर्किए विवाद समाधान गर्न सकिने बताउँदै आएको थियो भने ओलीले यसअघि जेठ २ को अवस्थामा फर्किन आनाकानी गर्दै आएका थिए ।

तर शुक्रबार सिंहदरबारमा करिब पौने ३ घण्टा चलेको ओली र वरिष्ठ नेता नेपाल पक्षका नेताहरुबीच बैठकमा २०७५ जेठ २ मा फर्केर फर्किन ओली राजी भएका हुन् ।
बैठकपछि नेता भीम रावलले पार्टीको एकता कायम राख्नका लागि गम्भीरतापूर्वक छलफल भएको बताए । उनले ०७५ जेठ २ गते अघिको कुरालाई आधार मानेर अघि बढ्ने गरी छलफल भएको भन्दै त्यसका लागि कार्यदल बनाउने निर्णय भएको जानकारी दिए ।

विज्ञापन

उनले भने, ‘हाम्रो पार्टीको एकतालाई कायम राख्नको लागि हामीले गम्भीरतापूर्वक छलफल गर्यौं । त्यसको लागि २०७५ साल जेठ २ गतेभन्दा अगाडिका कुरालाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भयो । त्यो प्रयोजनका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले र वरिष्ठ माधव कुमार नेपालले कार्यदलको सदस्यहरु तय गर्ने कुरा भएको छ । र, तुरुन्तै वार्ता र कुराकानीलाई अघि बढाउने कुरा भएको छ ।

विज्ञापन

यस्तै बैठकपछि नेता रघुजी पन्तले सौहर्दपूर्ण वातावरणमा छलफल भएको प्रतिक्रिया दिए ।
छलफलमा ओली तथापाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि थिए । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।

पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल गर्ने दुई नेताबीच सहमति पनि भएको थियो । बैठकको निर्णयअनुसार ओली र नेपालले कार्यदलका सदस्यको टुंगो लगाउनेछन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस