शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपालसँग पौडेलले भने: म ओलीजीलाई ‘कन्भिन्स’ गर्छु, तपाईं ‘ब्याक’ हुनुस्
समाचार

माधव नेपालसँग पौडेलले भने: म ओलीजीलाई ‘कन्भिन्स’ गर्छु, तपाईं ‘ब्याक’ हुनुस्

काठमाडौं- एकाबिहानै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दुत बनेर वरिष्ठ नेता माधव नेपाललाई फकाउन उनकै निवासमा पुगेका विष्णु पौडेल बालुवाटार फर्किएका छन् ।

नेपालसँग केहि समय छलफल गरेर पौडेल बालुवाटारको स्थायी कमिटि बैठकमा फर्किएका हुन् । प्रधानमन्त्री ओलीले लगातार फोन सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएका नेता नेपालमाथिको कारबाही फिर्ता लिएर भएपनि राजिनामाबाट रोक्ने रणनीतिमा ओली पुगेका छन् ।

विज्ञापन

नेपाल समुहले राजिनामा दिएको खण्डमा वैकल्पिक सरकार बन्ने पक्का जस्तै छ । तर सत्ता जोगाउनका लागि ओलीले आफैले गरेको कारबाही पनि फिर्ता लिने तयारी गरेका छन् ।

विज्ञापन

सोहि योजना अनुरुप बिहानै नेपाल निवासमा पुगेका अर्थमन्त्री पौडेलले राजिनामा नदिन आग्रह गरेका थिए । जवाफमा नेपालले ओलीकै कारणले यस्तो सम्भावना टरेको बताएको स्रोतले दाबी गरेको छ । छलफलमा पौडेलले नेता नेपाल ब्याक भएको खण्डमा कारबाही फिर्ता लिन ओलीलाई कन्भिन्स गर्ने समेत बताएका थिए ।

विष्णु पौडेलको प्रस्तावमा त्यति चासो नदिएका नेता नेपालले कारबाही रोक्ने मात्रै आफ्नो आन्दोलनको उद्देश्य नरहेको भन्दै पार्टी एकतापूर्वको अवस्थामा फर्कनुपर्ने आफ्नो बटमलाईन भएको बताएका थिए । उनले आफ्नो संघर्ष बिधि र पद्दतिको भएकाले ओलीका आस्वासनमा भुल्न नसक्ने बताएका थिए ।

नेपाल निवास कोटेश्वरमा केही बेरको कुराकानीपछि पौडेल बालुवाटार फर्किसकेका छन्। उनले त्यहाँ भएका छलफलबारे बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस