शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • देउवासँग छलफल सकेर आफू निकट सांसदसँग परामर्श गर्दै ठाकुर र महतो
समाचार

देउवासँग छलफल सकेर आफू निकट सांसदसँग परामर्श गर्दै ठाकुर र महतो

काठमाडौँ- वैकल्पिक सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । वैकल्पिक सरकारमा सामेल नहुने अड्डी कसेर बसेका जनता समाजवादी पार्टीका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले पनि संवाद सुरू गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई नै सघाएर अगाडी बढ्ने भन्दै अडान लिएका नेताहरू एकाएक बिहिबार बिहान देउवा निवासमा छलफलका लागि पुगेका थिए ।

विज्ञापन

देउवा निवास बुढानिलकण्ठमा भएको देउवासँगको बैठक सकेर जसपा अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो पार्टीको आन्तरिक छलफलमा लागेका छन् ।

विज्ञापन

देउवासँग छलफल सकेर फर्किएका ठाकुर र महतो आफ्नो पक्षमा नेता र सांसदहरुसँग छलफलमा जुटेको स्रोतले बतायो । देउवा र ठाकुर-महतो छलफलमा भएका कुराबारे दुवै पक्षले बाहिर केहि खुलाएका छैनन्।

ठाकुरले बबरमहलस्थित पार्टी कार्यालयमा सांसद र आफूनिकट नेताहरूलाई बोलाएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस