शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • ओलीले डाके आकस्मिक स्थायी कमिटि बैठक: नेपाल समुहको कारबाही फुकुवा गर्ने तयारी
Breaking News

ओलीले डाके आकस्मिक स्थायी कमिटि बैठक: नेपाल समुहको कारबाही फुकुवा गर्ने तयारी

काठमाडौं- नेकपा एमालेको माधव नेपाल समुहले राजिनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता गर्न दुत पठाएका छन् । उनीहरूलाई राजीनामाबाट रोक्न विहानै अर्थमन्त्री बिष्णु पौडेल नेपाल निवासमा पुगेका हुन् ।

वैकल्पिक सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा आज साँझ ९ बजे सकिँदै छ नेपाल समुहले ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न सामुहिक राजिनामा दिने तयारी गरेको छ ।

विज्ञापन

स्थायी कमिटि बैठक बोलाए

विज्ञापन

यसैबीच ओलीले एमालेको स्थायी कमिटीको बैठक विहान ९ बजे बोलाएका छन् । बालुवाटारमा बस्ने सो बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने तयारी रहेको बताइएको छ ।

एक सदस्यका अनुसार नेपाल समुहका सबै माग अहिले पुरा नगरेपनि कारबाही भने फुकुवा गर्ने तयारी भएको बताए ।

आजै स्थायी कमिटी बैठकपछि ओलीले नेपालसँग वार्ता गर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस