समाचार
जग्गा वर्गीकरणको अपरिपक्व निर्णयले पर्दैछ गम्भीर असर, ‘नसल्टिए अर्थतन्त्र कोल्याप्स हुन्छ’
काठमाडौं। भूमि व्यवस्था मन्त्रालयले जग्गा वर्गीकरण नगरी जग्गा रोक्का गर्न नमिल्ने पत्राचार गरेसँगै त्यसको चौतर्फी असर परेको छ। घरजग्गा, वैदेशिक अध्ययनदेखि बैंक तथा वित्तीय संस्थालगायतले विना तयारी एकाएक पत्राचार गरेपछि गम्भीर समस्या निम्तिएको भन्दै शुक्रबार सहरी विकास मन्त्रालयमा सरोकारवालाहरुले बेलिविस्तार लगाए। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सक्रियतामा भएको छलफलमा घरजग्गा व्यवसायी, बैंकर, शैक्षिक परामर्श संघ […]