बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाचार
  • नेपाल ह्याचरी उद्योग संघद्धारा पोल्ट्री सप्लायर्स कल्याणकारी संघका नयाँ समितिलाई बधाई ज्ञापन
समाचार

नेपाल ह्याचरी उद्योग संघद्धारा पोल्ट्री सप्लायर्स कल्याणकारी संघका नयाँ समितिलाई बधाई ज्ञापन

चितवन । नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश समन्वय समितिले नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको नयाँ कार्य समितिलाई बिहीबार बधाई तथा शुभकामना व्यक्त गरेको छ । गत भदौ १४ गते सम्पन्न १३ औ साधारण सभा तथा छैठौ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई एक कार्यक्रमका बीच स्वागत गरिएको हो । निर्वाचित समितिलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश समन्वय समितिका संयोजक ज्ञानवहादुर बिसुरालले व्यवसायिक एकता, समन्वय र सहकार्यबाट नै समग्र पेशा व्यवसायको हित हुने धारणा राख्नुभयो ।
यस्तै नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका निवर्तमान अध्यक्ष मनोज रानाभाटले सप्लायर्स व्यवसायीहरुको अवस्थाका बारेमा जानकारी गराउदै व्यवसायीक एकता र सदभाव कायम राख्न यस्ता कार्यक्रमहरु प्रेरणादायी हुने उल्लेख गर्नुभयो ।

विचार राख्दै चल्लाको बजार अवस्थाका बारेमा छलफल गर्दा यस संघका प्रतिनिधिलाई पनि सहभागि गराउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष महेश्वर पोखरेलले सप्लायर्स व्यवसायीहरुको भूमिका, हाल सम्म गर्दै आएको कार्य, पेशा व्यवसायलाई मर्यादित गराउन हुनुपर्ने एकता, सहकार्य र समन्वयका बारेमा जोड दिनुभयो ।

विज्ञापन

यस्तै नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेले व्यवसायिक एकता, समग्र पोल्ट्री व्यवसायको अवस्था, चल्ला, अण्डा, दाना, कुखुरा उत्पादक र यी वस्तुहरु उपभोक्तासम्म पु¥याउन पुलको भुमिका खेल्न सप्लायर्सले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रम संस्थाकाको कार्यकारी अधिकृत शिवप्रसाद बरालले सञ्चालन गर्नु भएको थियो । कार्यक्रम नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश समन्वय समितिका संयोजक ज्ञानवहादुर बिसुरालको अध्यक्षता भएको हो ।
–––

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस