सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • तामाको भाँडामा राखेको पानी पिउँदाका फाइदा यस्ता छन्
समाचार

तामाको भाँडामा राखेको पानी पिउँदाका फाइदा यस्ता छन्

काठमाडौँ । पानी जीवनको आधार हो । पानी पिउनु धेरै महत्त्वपूर्ण छ । पछिल्लो समय उपत्यकामा जारका मिनरल वाटरका पानी पिउने गरिन्छ । बोतलहरू प्रायः प्लास्टिकका नै प्रयोग हुने गर्छन् । प्लास्टिकको बोतलको पानी पिउनु वातावरण र शरीरको लागि हानिकारक रहने चिकित्सकहरू बताउँछन् ।

पछिल्लो समय तामाको भाडामा पानी पिउनेको पनि कमी छैन । तामाको भाँडोमा राखेको पानी पिउँदा शरीरलाई धेरै फाइदा हुने विश्वास गरिन्छ ।

विज्ञापन

तामाको भाडोमा राखेको पानी पिउनुका फाइदाहरू
– तामाको भाँडामा राखिएको पानी प्राकृतिक एन्टिअक्सिडेन्ट हो । आयुर्वेदिक अध्ययनका अनुसार यसको सेवनले वात, कफ र पित्तका तीन दोषलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
– तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुनुका साथै जोर्नीको दुखाइ कम हुन्छ ।
– फंगस, भाइरस र ब्याक्टेरियाबाट हुने धेरै हानिकारक रोगहरूलाई हटाउन तामाको पानी राम्रो उपाय हो ।
– तामाको पानीले शरीरको प्राकृतिक पीएच स्तरलाई पनि कायम राख्न मद्दत गर्छ ।
– तामाको भाँडामा राखेको पानी नियमित रूपमा पिउनाले रक्तअल्पता कम हुन्छ ।
– तामाको पानीले थाइराइडको समस्या निको हुन्छ । साथै शरीरको वजन कम गर्न पनि सहयोग मिल्दछ ।
– मुटु रोगका बिरामीले तामाको पानी पिउनुपर्छ । विज्ञहरू विश्वास गर्छन् कि शरीरमा तामाको कमीले प्लाकको गठन हुन्छ, जुन रक्तनलीहरू अवरुद्ध गर्न जिम्मेवार हुन्छ ।
– तामाको भाँडो वा भाँडामा राखिएको पानीमा एन्टिअक्सिडेन्ट बढी हुन्छ । यसले ट्यूमर निम्त्याउने फ्री रेडिकलहरूसँग लड्न मद्दत गर्न सक्छ ।
– डब्लुएचओले प्रति लिटर पानीमा कम्तीमा ०.४७ मिलिग्राम तामा उपभोग गर्न सुझाव दिन्छ। यो हरेक दिन १० मिलीग्राम भन्दा बढी हुनु हुँदैन। यस्तो अवस्थामा तामाको बोतलमा १० घण्टाभन्दा बढी समयसम्म पानी राखेर खानु हुँदैन ।
– बिहान तामाको भाडामा पानी खाँदा स्वास्थ्यमा फाइदा पुग्छ । खाना खाएपछि तामाको भाँडामा राखेको पानी पिउँदा पाचन प्रक्रियामा नराम्रो असर पर्न सक्छ । यसले पाचन कम गर्न सक्छ वा पेट दुख्न सक्छ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १५ घन्टा अगाडि

भर्खरै

सिफारिस