शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • मादक पदार्थ सेवन गरी लाठी प्रहार गर्दा श्रीमानको मृत्यु, श्रीमती पक्राउ
समाचार

मादक पदार्थ सेवन गरी लाठी प्रहार गर्दा श्रीमानको मृत्यु, श्रीमती पक्राउ

काभ्रे । श्रीमानको हत्या गरेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् । नमोबुद्ध नगरपालिका-५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाईलाई लट्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ४० वर्षीया कमला परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार ५९ वर्षीय धनबिर दमाईमाथि ४० वर्षीया श्रीमती कमला परियारले निगालोको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेकी हुन् ।

विज्ञापन

 

विज्ञापन

मादक पदार्थ सेवन गरी कमलाले धनबिरमाथि लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस