सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • Breaking News
  • गाउँ केन्द्रित बन्यो भरतपुर महानगरको बजार अनुगमन
Breaking News

गाउँ केन्द्रित बन्यो भरतपुर महानगरको बजार अनुगमन

चितवन । भरतपुर महानगरको नियमित दैनिक बजार अनुगमन गाउँ केन्द्रित भएको छ । महानगरले दैनिक जसो बजार अनुगमनलाइ फरक ढंगबाट सन्चालन गर्दै आइरहेको छ । बिहिवार महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति गाउँ केन्द्रित बजार अनुगमनमा जाने निर्णय गरे सगै भरतपुरका विभिन्न ग्रामीण वडाहरुमा पुगेको हो ।

 

विज्ञापन

समितिले बिहिवार भरतपुर ५ को बिकास चोक र शान्ति चोक,भरतपुर १४ को शिबनगर बजार,भरतपुर १५ को फुलवारी चोक एरिया र भरतपुर २१ को पार्वतीपुर बजारमा अनुगमन गरेको छ । पर्व लक्ष्यित कार्यक्रम अनुसार महानगरपालिकाले गाउँ केन्द्रित बजार अनुगमन गरेको हो । अनुगमनमा सरसफाइ राख्न,मापदण्ड बिपरितका क्रियाकलाप नगर्न/ नगराउन,चाडपर्वको समयमा दैनिक उपभोग्य बस्तुहरुमा कालोबजारी नगर्न / नगराउन, यदि कसैले महानगरको आँखा छली गैरकानुनी कार्य गरेको सुचना पाइएमा तत्काल महानगरमा खबर गर्न समितिले आम उपभोक्ताहरुमा अनुरोध समेत गरेको छ ।

विज्ञापन

अनुगमनको क्रममा दर्ता नविकरण नभएका पसलहरुलाइ समितिले तत्काल नै वडा कार्यलयमा पठाइ दर्ता वा नविकरण गर्न निर्देशन समेत दिएको छ । भरतपुर महानगरपालिकाले बिगत डेढ बर्ष यता झण्डै एक हजार भन्दा बढी खाद्यान्न,उद्योग,कलकारखाना,एग्रोभेट,कपाल काट्ने पसल,चटपट तथा पानीपुरी बनाउने पसलहरुको अनुगमन गरिसकेको छ भने कार्यलयमा प्राप्त झण्डै ६५ वटा उजुरीहरुको बारेमा पनि सम्बोधन गरिसकेको छ ।

 

अनुगमनमा बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य बिष्णु बहादुर भुजेल,दिपेन्द्र अधिकारी,पशु चिकित्सक डाक्टर श्याम देवकोटा,उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटा,नगर प्रहरी प्रमुख मेघराज भट्टराई,पत्रकार तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेकोे थियोे । उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस