आइतवार, फाल्गुन ९, २०८२
  • होमपेज
  • Breaking News
  • भरतपुर महानगरमा माओवादी विशेष रुपान्तरण अभियान आजदेखि
Breaking News

भरतपुर महानगरमा माओवादी विशेष रुपान्तरण अभियान आजदेखि

Renu Dahal

चितवन, भदौ १५
नेकपा (माओवादी–केन्द्र) भरतपुर महानगरपालिकाले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दै छ । माओवादी केन्द्रको निर्णय अनुसार यही भदौ १६ गते (आज)महानगरका विभिन्न वडाहरुमा अभियानको उद्घाटन गर्न लागिएको माओवादी केन्द्रले जानकारी दिएको छ ।
शनिवार २९ वडा मै विभिन्न कार्यक्रम गरी अभियानको उद्घाटन गर्ने नेकपा (माओवादी केन्द्र) भरतपुर महानगरका आईटि विभाग प्रमुख अशोक देवकोटाले जानकारी दिए । माओवादीले सरसफाई, रक्तदान, सहिद सम्मान, निःशुल्क स्वास्थ्य शिविर, खेत गोड्ने, खानेपानी मर्मत लगायतका कार्यक्रमको आयोजना गरि रुपान्तरण अभियान सञ्चालन गर्न लागेको हो ।
आज वडा नम्बर १ स्थित स्मार्ट पार्कमा बिहान एक बजेट सरसफाई कार्यक्रम राखिएको छ । त्यस्तै वडा नम्बर २ को आँपटारी पार्कमा सरसफाई र देवकोटा चोकमा कार्यक्रम राखिएको माओवादीले जानकारी दिएको छ ।
वडा नम्बर ३ को बेलचोकमा बिहान ११ बजे जनजागरण ¥याली सहित अभियान उद्घाटन, वडा नम्बर ४ को पार्टी कार्यालय कृष्णपुरमा बिहान ७ बजे कार्यालय सरसफाई, वडा नम्बर ५ को कमल पोखरी गार्डेन सरसफाई, वडा नम्बर ६को केपा बाचनालय केशरवागमा बिहान ८ बजे रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
वडा नम्बर ७ स्थित विशाल चोकमा रहेको सहिद कृष्ण प्रसाद पौडेलको घरमा भोलि दिउँसो साढे १ बजे शहिद परिवार, घाईते तथा बेपत्ता योद्धा सम्मान कार्यक्रम, वडा नम्बर ८ को गौरिगञ्ज स्कुल चोकमा बिहान साढे ७ बजे शहिद परिवार, घाईते तथा बेपत्ता योद्धा सम्मान, वडा नम्बर ९ को केन्द्रीय बस टर्मिनलमा बिहान साढे ७ बजे सरसफाई कार्यक्रम र वडा नम्बर १० को सप्तगण्डकी चोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
वडा नम्बर ११ को गाईखर्क चोकमा बिहान पौने ७ बजे सरसफाई, वडा नम्बर १२ को धनगडा मन्दिरमा निशुल्क स्वास्थ्य शिविर, वडा नम्बर १३को सिमल गैरीमा विहान ८ बजेट रक्तदान, वडा नम्बर १४ को वरको बोट चोकमा वडा पार्टी कार्यालय उद्घाटन, वडा नम्बर १५ स्थित सहिद स्मृती भवनमा बिहान ११ बजेट पार्टी कार्यालय उद्घाटन र वडा नम्बर १६ स्थित नवीन चोकमा विहान ७ बजे ठुलोगढी सरसफाई कार्यक्रम गरिने देवकोटाले जानकारी दिए ।
यसैगरी वडा नम्बर १७ स्थित मिलन चोकमा पार्टी कार्यालय उद्घटन् गरिने भएको छ । वडा नम्बर १८ को मिलन क्लब हल वरपर सरसफाई कार्यक्रम, वडा नम्बर १९ को तामाङ उत्थान समाज हलमा बिहान ११ बजेट सहिद, घाईते तथा वेपत्ता योध्दा सम्मान कार्यक्रम गरिने छ ।
वडा नम्बर २० को निर्माणधिन रंगशालामा बिहान ९ बजे सरसफाई कार्यक्रम, वडा नम्बर २१को पोखरी चोकमा सरसफाई तथा वडा पार्टी कार्यालय उद्घाटन संगै सहिद परिवार सम्मान, वडा नम्बर २२ को कमलपोखरी थारु कल्याणकारी सभामा विहान ९ बजेट सरसफाई, वडा नम्बर २३ को हिटान चौतारो घैलाघारीमा विहान साढे ७ बजे सरसफाई कार्यक्रम राखिएको छ ।
वडा नम्बर २४ को देवि स्थान पार्कमा विहान ११ बजे सरसफाई कार्यक्रम, वडा नम्बर २५ को नमुना चोकमा सरसफाई र वडा नम्बर २६को वडा कार्यालय देखि ज्योतिनगर बजारसम्म सरसफाई कार्यक्रम र २७ को पर्साढाप नगरपार्क र पर्सा ढाप बजार हुँदै काजिमान विद्यालय सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । त्यसैगरी वडा नम्बर २८को जीतपुर बजार चोकमा बिहान ८ बजे रक्तदान कार्यक्रम र वडा नम्बर २९ को भार्र्लाङमा बिहान ११ बजे सहिद परिवारको खेत गोड्ने, बाटो, कुलो, पुल तथा खानेपानी मर्मत गर्ने कार्यक्रम रहेको माओवादीले जानकारी दिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस