आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • जन्मको आधारमा वंशजको नागरिकता दिए नेपाली अल्पमतमा पर्छन् : सांसद पौडेल
समाचार

जन्मको आधारमा वंशजको नागरिकता दिए नेपाली अल्पमतमा पर्छन् : सांसद पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जन्मको आधारमा वंशजको नागरिकता प्रदान गरेमा नेपालीहरु अल्पमतमा पर्ने बताएकी छन् ।

सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्दै उनले नेपालको भूराजनीतिक अवस्थितिको कारण पनि यस्तो गर्न नसकिने बताएकी हुन् ।

विज्ञापन

 

विज्ञापन

‘वंशजको नागरिकता जन्मको आधारमा दिनु हुँदैन । जन्म आधारमा नागरिकता दिँदा नेपाली अल्पमतमा पर्दछ,’ पौडेलले भनिन्, ‘वंशजको आधारमा नागरिकता लडेर रगतसँग जोडिएको छ । आमा र बुबा दुवै वंशज नागरिकता भएको व्यक्तिबाट जन्मेको सन्तानलाई मात्रै वंशजले दिनुपर्छ ।’

उनले नेपालको भूराजनीतिक अवस्थितिको कारण यस्तो व्यवस्था गरिनु पर्ने बताइन् । ‘नागरिकता प्रदान गर्ने विधि कठिन बनाउनु पर्छ खुकुलो होइन । यो स्पष्ट धारणासहित हामीले संविधान बनाउँदा पनि त्यसको आधारमा राखेका थिए ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस