आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • हामी नेपाली नागरिकता बेच्न सक्दैनौ : लालबाबु पण्डित
समाचार

हामी नेपाली नागरिकता बेच्न सक्दैनौ : लालबाबु पण्डित

नेकपा एमालेका सांसद लालबाबु पण्डितले नेपालले नेपाली नागरिकता बेच्न नहुने बताएका छन् । नागरिकतासम्बन्धी ऐन पहिलो संशोधन विधेयकमाथिको संशोधन प्रस्ताव पेश गर्दै उनले नेपाली नागरिकता दिने प्रावधान सजिलो बनाउने नाममा बेच्न नहुने बताएका हुन् । ‘नागरिकता लुरुलुरु आयो, खुरुखुरु आयो भन्ने हिसाबले पनि बुझ्नुहुँदैन । दोहोरो नागरिकता कुनैपनि हालतमा सम्भव छैन’, पण्डितले भने, ‘नेपालमा जाली प्रमाण दिएर नागरिकता लिनेहरुको सरकारले खारेज गर्दै आएको छ । वैवाहिक अंगिकृतलाई ७ वर्षको प्रावधान राख्नुपर्छ ।’

उनले नेपाली चेली भारतमा विवाह गरेर जाँदा उनीहरुलाई सात वर्ष कुनुपर्ने त्यहाँ व्यवस्था भएको भन्दै हामीले त्यो भन्दा छिटो कसैलाई नागरिकता दिन जरुरी नभएको बताए । ‘कतिपय मुलुकले नागरिकता बेचेका र कतिपयले धेरै नागरिकता लिने गरेका छन् । हामी नागरिकता बेच्ने काम गर्न सक्दैनौ । नागरिकतालाई सजिलो बनाउने भन्दा पनि आवश्यकलाई दिनुपर्ने अवस्था बनाउनुपर्छ’, पण्डितको भनाइ छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस