शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • मन्त्री झाँक्रीद्वारा बागमती करिडोरको गोकर्ण क्षेत्रको निरीक्षण
समाचार

मन्त्री झाँक्रीद्वारा बागमती करिडोरको गोकर्ण क्षेत्रको निरीक्षण

काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बागमती करिडोर अन्तर्गत गोकर्ण क्षेत्रमा निरीक्षण गरेकी छन्। आज बुधबार बिहान साढे ६ बजे नै निरीक्षणमा पुगेकी उनले आयोजनाको काम द्रुत गतिमा अघि बढाउन निर्देशन समेत दिइन्।

आयोजनाको काम सन्तोषजनक नदेखिएको बताउँदै मन्त्री झाँक्रीले आयोजनाको काम समयमै सक्न पनि निर्देशन दिइन्। उक्त आयोजना अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले अघि बढाइरहेको छ।

विज्ञापन

बागमती नदी सौन्दर्यीकरणमा मन्त्री झाँक्रीले यसअघि दिएको निर्देशानुसार नै काम भइरहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस