शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • पूर्व माओवादीहरुबीच एकता गर्न विप्लवले राखे प्रचण्डसँग यस्तो सर्त
समाचार

पूर्व माओवादीहरुबीच एकता गर्न विप्लवले राखे प्रचण्डसँग यस्तो सर्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्था र अलिहेको संविधानको विकल्प खोजे मात्रै पूर्व माओवादीहरुबीच एकता हुने बताएका छन्।

बुधबार अछाममा आयोजित कार्यक्रममा विप्लवले आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि त्यही भनेको जानकारी दिए।

विज्ञापन

 

विज्ञापन

‘प्रचण्ड कमरेडलाई मैले के भनेको छु भने तपाईं पुरानो ठाउँबाट फर्किनुपर्छ,’उनको भनाइ छ, ‘अथवा संसदीय व्यवस्था नै ठिक हो, यही संविधान ठिक हो भन्ने कुरामा हाम्रो सहमति छैन । यो भन्दा राम्रो विकल्प खोज्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने हो भने एकता हुन सक्छ ।’

५ असारमा आयोजित एक कार्यक्रममा प्रचण्डले सबै पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण भएको दावी गरेका थिए। नयाँ प्रक्रियाल छिटै टुंगोमा पुग्ने पनि उनको भनाइ थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस