शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • समाचार
  • वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय
समाचार

वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको श्रममन्त्री किसान श्रेष्ठले जानकारी दिए।

 

विज्ञापन

‘नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गर्ने निर्णय गरेको छ। उहाँलाई पदबाट हटाउन माग हुँदै आएको थियो,’ मन्त्री श्रेष्ठले अन्नपूर्णसँग भने।

विज्ञापन

पर्यटनमन्त्री प्रेम आले र अधिकारीबीचको अडियो वार्तालाप हालै अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेको थियो। अडियोमा मन्त्री आलेले अश्लील शब्दले अधिकारीलाई गालीलौज गरेका थिए। स्रोतका अनुसार मन्त्री आले र अधिकारीविरुद्ध टसल हुँदै आएको थियो। सरकारले अधिकारीका विषयमा छानबिन समिति गठन गरेको थियो।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस