मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • ओलीको आलोचना गरेको भन्दै कैलालीमा अध्यक्षलाई इन्चार्जले सोधे स्पष्टीकरण (२३ प्रश्नसहित)
समाचार

ओलीको आलोचना गरेको भन्दै कैलालीमा अध्यक्षलाई इन्चार्जले सोधे स्पष्टीकरण (२३ प्रश्नसहित)

काठमाडौं । नेकपा एमाले कैलालीका इन्चार्ज नारदमुनी रानाले जिल्ला अध्यक्ष रतनबहादुर थापालाई स्पष्टीकरण सोधेका छन्।

 

विज्ञापन

केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुको आलोचना गरेको, स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन कांग्रेससँग साँठगाँठ गरेको आशंका, पार्टी हितविपरीत अन्तरघाति गतिविधि गरेको भन्दै जिल्ला इन्चार्ज रानाले अध्यक्ष थापालाई आइतबार स्पष्टीकरण सोधेका हुन्।

विज्ञापन

सुदूरपश्चिम प्रदेश कमिटी र केन्द्रीय संगठन विभागलाई बोधार्थ पठाइएको स्पष्टीकरण पत्रमा अध्यक्ष थापालाई तीन दिनभित्र अर्थात मंगलबारसम्म बुझाउन निर्देशन गरिएको छ।

अध्यक्ष थापालाई २३ वटा प्रश्न सोधिएको छ।

स्थानीय तह निर्वाचनमा पार्टी अध्यक्षको हैसियतले पार्टीका उम्मेदवारलाई जिताउन लाग्नुपर्नेमा चुनाव अवधिमा मौन बसेको, आफ्नो गृहपालिका लम्की चुहा नगरपालिकामा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको नगर निर्वाचन मूलसमितिको निष्कर्षका आधारमा थुप्रै आशंका उब्जिएको स्पष्टीकरणमा उल्लेख छ।

यस्ता छन् २३ वटा प्रश्न :

१) तपाईले पार्टी जिल्ला अध्यक्षमा जिति सकेपछि दैनिक रुपमा पार्टी कार्यालय सन्चालन किन नगरेको?

२) निर्वाचित भई सकेपछि अध्यक्षको हैसियतमा कार्यसम्पादनको सिलसिलामा आफनो कार्यकक्ष रहेको कार्यालयमा कति दिन जानु भो?

३) जिल्ला पार्टी कार्यालयलाई तपाईले सधै बिरोधीको अखडाजस्ता किन र के कारणले व्यवहार गर्नु भयो?

४) स्थानीय निर्वाचन ताका जिल्ला पदाधिकारी र पार्टी कार्यालय परिवारसंग के कति छलफल भयो?

५) जिल्लामा पार्टी गतिविधी सम्बन्धमा पार्टी नेतृत्व र आफनो कमिटीसँग कति समन्वय र छलफल गर्नु भयो?

६) पार्टी अध्यक्ष केपी ओलीलाई “अपतो” जस्तो तुच्छ शब्द किन प्रयोग गर्नुभयो?

७) पार्टी महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, जिल्ला इन्चार्ज नारदमुनी राना, सह इन्चार्जहरु गौरीशंकर चौधरी, कमला ओली, सन्तोष शर्मा लगायतको नेतृत्वलाई अध्यक्षबाट राजीनामा दिन्छु भनेर पटक पटक किन धम्की दिएको?

८) उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा धनगढी चौराहास्थित सोराई होटलमा जिल्ला पदाधिकारी बैठकमा केन्द्रीय नेतृत्व, जिल्ला नेतृत्वलाई धम्क्याउँदै, सिंगो पाटी पंक्तिलाई नै अमर्यादित, अपशब्द प्रयोग गर्दै गालिगलौज किन गरेको?

९) जिल्लाका विभिन्न वडामा उठेका हाम्रा बागी उम्मेदवारलाई सम्झाउने प्रयत्न किन नगरको?

१०) तपाईले जिल्ला निर्वाचन मूल परिचालन समितिको एउटा पनि बैठक किन नगरेको?

११) कुनै पनि पालिकास्तरीय चुनावी योजना र चुनावी अभियान किन नबनाएको?

१२) एमालेले एक पनि सिट जित्दैन “फिक्स” हो भनेर कुप्रचार किन गरे?

१३) स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट लम्की चुहा नगरपालिकामा प्रमुख पदका उम्मेदवार महादेव बजगाईं र जुना चौधरी र घोडाघोडीका नगर प्रमुखका उम्मेदवार ममताप्रसाद चौधरीलाई जसरी पनि हराउछु भनेर सार्वजनिक रुपमा अभिव्यक्ति किन दिएको?

१४) यी दुबै उम्मेदवारलाई नहराई मेरो मिसन पूरा हुँदैन, तपाईले आफ्नो घरमा केही नेता कार्यकर्तालाई बोलाई टाउको काटेर शुरुका दुई सूर्य छोडेर भोट हाल्नु भनी उर्दी जारी गरेर अन्तर्घात गरेको हो वा होइन?

१५) नेपाली काँग्रेससंग साँठगाँठ गरि लम्की चुहामा महादेव बजगाई र जुना चौधरी हराउने अनि घोडाघोडीमा ममता प्रसाद चौधरी लगायतलाई हराउने कार्य किन गरेको?

१६) चुनावको बिचमा घोडाघोडीमा गई विभिन्न मितिमा होटलमा बसेर ममता लगायतलाई हराउन योजना बनाई केही पार्टी नेतृत्वलाई किन चलाएको?

१७) लम्की चुहाको चुनावी आमसभामा किन सहभागी नभएको?

१८) निर्वाचन अवधिभरी जिल्लाको चुनावी अवस्थाको कुनै पनि रिपोटिङ पार्टी पंक्तिभित्र कही कतै कसैलाई पनि किन नगरेको?

१९) पार्टी अध्यक्षजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले एमालेको भविष्य छैन भन्दै किन हिँडेको?

२०) तपाईले लम्कीचुहा कार्यपालिका चुनावमा पार्टीका उम्मेदवारबिरुद्ध भोट किन हाल्न लगाएको?

२१) तपाईले नेपाली कांग्रेससँग बार्गेनिङ गर्दै गरेको भन्ने कुरा बजारमा किन चल्दै छ?

२२) तपाई आजभोलि पार्टीको कुन निकाय र नेतृत्वसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ?

२३) नेकपा (एमाले) पार्टीको जिल्ला अध्यक्षजस्तो गरिमामय पदमा आसिन व्यक्तिले पार्टीको हित र नीति विपरीत गतिविधि गरी अन्तरघाति कार्य गर्न मिल्छ कि मिल्दैन?

अन्नपूर्ण पोष्ट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस