सरकारले पुनः अध्ययन गरी पश्चिम सेती जलविद्युत् आयोजना भारतलाई दिने तयारी गरेपछि नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आक्रोश व्यक्त गरेका छन्।
उनले नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री हुनासाथ देउवाले देशका नदीनाला विदेशीको हातमा बेच्ने गरेको आरोप लगाएका छन्।
‘कांग्रेसको सभापति र प्रम भएपछि नेपालका नदीनाला विदेशीको हातमा बेच्नैपर्ने के रोग रहेछ! प्रम देउवाले फेरि पश्चिम सेती भारतलाई दिने घोषणा गरेका छन्’, नेता रावलले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, ‘महाकाली सन्धिमा देउवाले गरेको राष्ट्रघात नदोहोरियोस्। संसद् र दलमा पर्याप्त छलफल नगरी पश्चिम सेती भारतलाई टक्र्याउने कुकर्म नहोस्।’
फेसबुक प्रतिक्रियाहरु