आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमाथि ओलीको कटाक्ष : १५ वर्ष एमालेको रस चुसेर पुगेन, अझै सिद्याउने भन्दैछन्
समाचार

नेपालमाथि ओलीको कटाक्ष : १५ वर्ष एमालेको रस चुसेर पुगेन, अझै सिद्याउने भन्दैछन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति कडा कटाक्ष गरेका छन्।

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। हिजोमात्र पोखरामा आयोजित सत्ता गठबन्धनको सभामा बोल्दै नेता नेपालले एमाले सिद्याउनुपर्ने अभिव्यक्ति दिएका थिए।

विज्ञापन

‘हिजो तपाईंहरुले यहाँ सुन्नुभयो होला, एमालेको १५ वर्ष रस चुसेर एमालेको काँधमा चढेर, एमालेको बुई चढेर २१ महिना प्रधानमन्त्री भएका विचरा मान्छे भन्दै थिए, एमाले सिद्याउनै पर्छ,’ उनले माधव नेपाललाई लक्षित गर्दै भने, ‘जनताको परिणाम जनताले बताउँछन्, मैले बताउन्न।’

विज्ञापन

उनले अहिलेको सत्ता गठबन्धन परमादेशबाट आएको टिप्पणी गरे। साथै, यसपल्टको निर्वाचनपछि जनताको शक्ति र तागत देखाउन सुरु गर्ने बताए।

‘यो गठबन्धन जनताको अभिमतबाट होइन, संसदबाट होइन, परमादेशबाट बनेको यो गठबन्धन हो,’ ओलीले भने, ‘यो गठबन्धन अलोकतान्त्रिक ढंगले असंवैधानिक ढंगले बनेको हो। यसपल्ट हामीले जनताको शक्ति, तागत देखाउन सुरु गर्नुपर्छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस