भरतपुर।
भरतपुर महानगरको मेयर उम्मेदवार रेनु दाहालले महानगरमा रोजगारी बैंक स्थापना गरिने बताउनुभएको छ ।
५ दलिय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले महानगर क्षेत्रमै सबैलाई रोजगारी पाउने वातावरण बनाउन लागिपर्ने बताउनुभयो । उहाँले स्वदेशी तथा विदेशी लगानी भित्रयाउन लागिपर्ने बताउनुभयो ।
विज्ञापन
महानगरमा लगानीमैत्री वातावरण बनाइने बताउनुभयो । दाहालले पुरा हुन नसक्ने आश्वासनहरु नदिइने बताउनुभयो । “जे बोल्छौँ, त्यहि पुरा गर्छौं”, उहाँले भन्नुभयो, “ठुला आश्वासनका पोकाहरु बाड्दैनौँ ।” उहाँले ५ वर्ष महानगरमा विकास लहर ल्याएको बताउदै अधुरा केहि महत्त्वपूर्ण योजनाहरुलाई पूर्णता दिने बताउनुभयो । उहाँले साझा जनप्रतिनिधिका रुपमा रहेर काम गर्ने बताउनुभयो ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु