बिहिबार, अशोज १, २०८२
  • होमपेज
  • समाचार
  • रेणु दाहालविरुद्ध बागी उम्मेदवार उम्मेदवारी फिर्ता लिन ‘सकारात्मक’
समाचार

रेणु दाहालविरुद्ध बागी उम्मेदवार उम्मेदवारी फिर्ता लिन ‘सकारात्मक’

भरतपुर महानगरको प्रमुख पदमा सत्ता गठबन्धनबाट म्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई फकाउने प्रयास जारी छ।

यस क्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं राज्यमन्त्री उमेश श्रेष्ठले पौडेलसँग भेटवार्ता गरेका छन्।

विज्ञापन

भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित पौडेलको घरमै पुगेर राज्यमन्त्री श्रेष्ठले उम्मेदवारी फिर्ता लिन सुझाव दिएका हुन्।

विज्ञापन

यस क्रममा पौडेलबाट सकारात्मक जवाफ पाइएको राज्यमन्त्री श्रेष्ठले बताएका छन्।

‘उहाँ पोजेटिभ हुनुहुन्छ। गृहमन्त्री पनि आउँदै हुनुहुन्छ उहाँसँग पनि कुरा हुन्छ’, पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै राज्यमन्त्री श्रेष्ठले भने, ‘छलफलपछि निचोड निस्किन्छ।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस