आइतवार, फाल्गुन १६, २०८२
  • होमपेज
  • समाचार
  • ललितपुर महानगरकी एमालेकी उम्मेदवार मञ्जली शाक्यविरुद्ध आयोगमा उजुरी
समाचार

ललितपुर महानगरकी एमालेकी उम्मेदवार मञ्जली शाक्यविरुद्ध आयोगमा उजुरी

Renu Dahal

ललितपुर महानगरपालिकामा उपमेयरका लागि उम्मेदवारी दर्ता गराएकी मञ्जली शाक्यको उम्मेदवारी खारेजीको माग राख्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। उनको उम्मेदवारी नियमसंगत नभएको भन्दै महानगरका स्थानीय ज्ञानबहादुर खड्गीले मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी खारेज गर्न उजुरी दिएका हुन्।

नेकपा माओवादी केन्द्र ललितपुरका एक नेताका अनुसार ०७४ को प्रदेश सभाको चुनावमा शाक्यको नाम बन्दसूचीमा थियो। बन्दसूचीबाट नाम हटाएपछि मात्रै उम्मेदवारी दर्ता गर्नुपर्ने प्रावधान छ। तर, शाक्यको नाम बन्दसूचीमा रहेको भन्दै उजुरी परेको हो। शाक्यले नेकपा एमालेबाट उपमेयर पदका लागि सोमबार उम्मेदवारी दर्ता गराएकी थिइन्।

विज्ञापन

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बन्दसूचीबाट नाम हटाउन दलहरूले आयोगमा निवेदन दिइसकेका छन्। बन्दसूचीबाट नाम हटाउने क्रम जारी रहेको पौडेलले स्पष्ट पारेका छन्। ‘मनोनयन दर्ता र बन्दसूचीबाट नाम हटाउने काम समानान्तर रूपमा भइरहेको छ। उम्मेदवारी दर्ता हुँदै गर्दा पनि नाम बन्दसूचीमै रहेको अवस्था छ। आयोगले यसमा काम गरिरहेको छ,’ उनले भने।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस