शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • समाचार
  • उम्मेदवारी दर्ताकै दिनदेखि झन् विवादित बन्दै स्थापित, एमालेमाथि पनि प्रश्न
समाचार

उम्मेदवारी दर्ताकै दिनदेखि झन् विवादित बन्दै स्थापित, एमालेमाथि पनि प्रश्न

काठमाडौं । नेकपा एमालेले केशव स्थापितलाई काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । मेयरको उम्मेदवारी दर्ता गर्दाको दिनदेखि नै स्थापति विवादमा तानिएका छन् । उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै उनले महिलाहरूलाई पागलको संज्ञा दिएका थिए ।

आफ्नै कर्मचारीलाई यौन दुराचार गरेको आरोप लागेका स्थापितलाई उम्मेदवार बनाएसँगै एमालेले महिलामाथि अपमान गरेको आरोप लाग्न थालेको छ ।

विज्ञापन

आगामी बैसाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि स्थापितलाई काठमाडौं महानगरपालिकाको प्रमुख पदमा पूर्वप्रदेश मन्त्री तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर थापितलाई उमेदवार बनाएपछि महिलाहरुले आपत्ति जनाउँदै अस्तो आरोप लगाएका हुन् ।

विज्ञापन

स्थापितले मेयर भएको बेला दुईजना महिलालाई लगातार यौन दुव्र्यवहार गरेको भनेर महिला अधिकारकर्मीहरुले गरिरकेको बेला एमालेले तीनै यौन दुराचारीलाई मेयरको टिकट दिएको भन्दै सामाजिक सञ्जाल र मिडियाहरुमा एमालेको आलोचना र विरोध भइरहेको छ ।

स्थापितमाथि महानगरकी पूर्वकर्मचारी तथा पत्रकार रश्मिला प्रजापति र उज्जला महर्जनले यौन दुव्र्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए ।

‘मिटु अभियान’का क्रममा उनीहरुले आफूहरुमाथि स्थापितले दुव्र्यवहार गरेको घटना बाहिर ल्याएका थिए । त्यस बारेमा नेपालका विभिन्न मिडियामा उज्जला र रश्मिलाले उजागर गरेको घटना सार्वजनीक भएको थियो । तर आरोपित स्थापितले भने त्यसलाई सामान्यीकरण गरेर उडाएका थिए । उनले त्यस बारेमा कुनै कानुनी उपचारमा समेत नजानुले स्थापितले यौन दुव्र्यवहार गरेको प्रमाणित हुने समेत दावी हुँदै आएको छ ।

यौन दुव्र्यबहारबाट पीडित रश्मीलाले स्थापितलाई मेयरको उमेदवार बनाउने निर्णय बाहिर आएपछि लेखेकी छिन्– ‘बितेका २५ वर्षमा एमालेले काठमाडौंको मेयर बनाउन अरु कुनै नेता कार्यकर्ता नदेखेर यौन दुराचारीलाई नै भेट्टाए छ । यो खबर सुनेर मलाई निकै दुःख लाग्यो ।’ उनले एमालेले यौन दुराचारीलाई कार्वाही गर्नुका बदलामा पुरस्कृत गरेकाले एमाले पार्टी नै दुराचारीको संरक्षण गर्ने पार्टीमा बदलिएको बताएका छन् ।

रश्मिलाले स्थापितले राखेको यौनसम्वन्धी प्रस्ताव अस्वीकार गर्दा उनलाई जागिरबाट निकालिएको बताएका थिए । स्थापितले आफूले भनेको मानेमा प्रमोसन गराइदिने प्रलोभन देखाउँदै पटक–पटक त्यस्तो प्रस्ताव गरेका थिए । तर उनले नमानेकै कारण जागीरबाट निकालिको उनको भनाई छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस