On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • जर्सी : फितलो कथामा दमदार अभिनय
समाचार

जर्सी : फितलो कथामा दमदार अभिनय

काठमाडौँ । फिल्म ‘कबीर सिंह’ पश्चात शाहिद कपूरले आफ्नो स्टारडम फर्काउन सफल भए ।

बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाए । फिल्म ‘कबीर सिंह’ ले पाएको सफलताले मात्र होइन, उनको अभिनय क्षमताको कारण पनि शाहिदको चर्चा बढ्दो छ । कबीर सिंहलाई जीवन्त बनाउन शहिदले कुनै कसर बाँकी राखेका थिएनन् । कुनै समयमा कमिने र हैदर जस्ता फिल्म मार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहिदले नयाँ उपनाम कबीर सिंह पाए । त्यसपछि रिलिज भएको उनको फिल्म हो ‘जर्सी’। यो फिल्म तेलुगु फिल्म जर्सी’ कै रिमेक हो ।

विज्ञापन

स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेशनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन तलवार (शाहिद कपूर) नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन् । कथा यही हो । यसैलाई पटकथा दिएर तयार गरिएको छ जर्सी । फिल्म सुरु हुन्छ अर्जुनको कथाबाट । सन् १९७९ देखि ८६ सम्मको समयका उत्कृष्ट खेलाडी हुन् अर्जुन । आफ्नो क्षमता र खेलले नाम पाएका अर्जुन नेशनल टिममा भने पर्दैनन् । त्यहाँ उनलाई कोच माधव शर्मा (पंकज कपूर) ले सपोर्ट गरिरहेका छन् । यद्यपि अर्जुनको नेशनल टिमको जर्सी लगाएर मैदानमा खेल्ने सपना पुरा हुँदैन । यसैबीच उनको प्रेमिका विद्या ( मृणाल ठाकुर) सँग विवाह हुन्छ ।

विज्ञापन

वैवाहिक जीवनमा रहेर पनि क्रिकेटमा संघर्ष गरिरहेका अर्जुनले एक दिन आफूले क्रिकेट छाड्ने निर्णय सुनाउँछन् । अर्जुनको निर्णयले उनको पत्नी विद्यासँगै कोच लगायत साथीलाई समेत आश्चर्यमा पार्छ । नेशनल टिममा पर्न नातावाद, कृपावाद नभएपछि खेल जीवन छाडेको अनुमान धेरैले लगाउँछन् । तर अर्जुन खेल छाडेर जागिर गर्छन् । तर, एक दिन उनलाई घुस लिएको आरोप लाग्छ ।

विद्यासँगै छोरा केतन (रोनित कामरा) को जिम्मेवारी शाहिदले बहन गर्न सक्दैनन् । कानुनी न्यायका लागि अदालतमा मुद्दा लड्दा उनीसँग बाँकी अब केही छैन । एउटा भएको मोटरसाइकल पनि बैंकमा छ । यस्तो अवस्थामा उनले परिवारको जिम्मेवारी बहन नै गर्न सक्दैनन् । जसले गर्दा परिवारको दायित्व आउँछ, उनकी पत्नी विद्या माथि । त्यसपछि सुरु हुन्छ फिल्मको कनफ्लिक्ट ।

आफ्नो अवस्थालाई नजरअन्दाज गरिरहेका शाहिदसँग आफ्नो जन्मदिनमा छोराले जर्सी माग्छन् । ‘मसँग जर्सी भएको भए, म टिमको क्याप्टेन बन्ने थिए । मलाई जर्सी नभएकै कारण टिमको क्याप्टेन बन्न दिइएन’ केतनले भन्छन् । क्रिकेटर रहिसकेका शाहिदलाई छोराको यो संवादले छुन्छ । उनले बर्थडेमा जर्सी दिने वचन दिन्छन । तर, उनिसँग पैसा छैन ।

छोरालाई जर्सी दिनकै लागि उनले क्रिकेट खेल्छन् । तर, त्यो सबै पैसा च्यारेटीमा जान्छ । पत्नी विद्यासँग पैसा माग्छन । तर, घर चलाउन मुस्किल भएकाले विद्याले पैसा दिन मान्दिनन् । उनको साथीभाईसँग पनि पैसा छैन । फलत: छोराले पहिलो पटक मागेको जर्सी उनले दिन सक्दैनन् ।

अर्जुनले आफ्नो क्रिकेट खेल्ने सपना छोरा केतनमा देखेका हुन्छन । यद्यपि जर्सी नै दिन नक्सदा उनले भोग्ने मनोविज्ञान सहज छैन । यतिसम्मकी आफ्नो जागिर फिर्ता पाउन अदालतमा केस लड्न समेत पैसा उनीसँग छैन ।

त्यसपछि अर्जुनले आफ्नो स्तर सुधार्ने उपाए क्रिकेट देख्छन् । रणजी ट्रफीमा एउटा नाम बनाइसकेका अर्जुनलाई क्रिकेटमा ल्याउन मदत गर्छन् , कोच माधवले । किनकी आफ्नो सफलता समेत उनले अर्जुनमा देखेका हुन्छन् । अर्जुनले पुनः मेहनत गर्छन् । तर, उनलाई टिममा हुन् सजिलो छैन । किनकी नयाँ उदयमान खिलाडी भन्दा उनी उमेरमा सिनियर छन् । उनी अन्य खेलाडी रिटायर्ड हुने समयमा आफ्नो खेल जीवनलाई पुनः सुरुवात गर्दैछन् । र परिवारको समेत साथ् छैन ।

किनकी अर्जुनले क्रिकेट खेल्न सुरु गरेपछि छोरा केतनको हेरचाह दायित्व समेत विद्यामा छ । तर , दशक अगाडि आफ्नो खेल मार्फत सबैको मन जितेका अर्जुनले त्यही सुरुवात गर्छन् । उनलाई मैदानमा केवल विकेट बचाउन पठाएइको हुन्छ तर उनले दर्शकपछि वापसी गरेको खेलमै रनको वर्षा गराउन सफल हुन्छन् । यो देखेर टिमका हेड कोचले प्रश्न पनि गर्छन् , ‘तिम्रो कारणले टिमलाई अप्ठ्यारो पर्न सक्थ्यो ‘ अर्जुनले जवाफ दिन्छन् , ‘मैले तपाइँले भनेकै गरे । विकेट बचाएको हुँ ।’

 

त्यो खेलपछि अर्जुन टिमकै फेवरेट हुन्छन् । उनले हरेक खेलमा पाउने सफलताले पुरानै अर्जुनको क्रेज फर्काउछ । अब उनको खबर पत्रिकाको फ्रन्ट पेजमा आउन थालेको छ । यद्यपि उनकी पत्नी विद्या खुशी छैनन् । छोरा केतनले बुवा अर्जुनमा हिरो देखेता पनि विद्याले भने भेटेर नै क्रिकेट नखेल्न आग्रह गर्छिन् । खेलकै क्रममा अर्जुन विरामी भएपछी विद्याले आफू सहितको परिवार वा क्रिकेट रोज्न भन्छिन् । त्यसपछि घरमै बसिरहेका शहिदलाई खेलमा फर्किने प्रेरणा बन्छन् छोरा केतन ।

अर्जुनले आफ्नो भविष्य छोरा केतनमा देखेर क्रिकेटमा लागेका हुन्छन् । क्रिकेट खेलिरहेका बालकको आइडल आफू भएको देख्दा र आफूले क्रिकेट नखेलेको यथार्थलाई अर्जुनले सहन गर्न सक्दैनन् । त्यसपछि अर्जुनले क्रिकेट खेल्छन ? उनको पत्नी विद्याले क्रिकेट खेल्न सपोर्ट गर्छिन् ? अर्जुनले छोरा केतनलाई जर्सी दिलाउन सक्छन ? यो यस्तै प्रश्नको उत्तर फिल्ममा पाइन्छ ।

फिल्मलाई तेलुगु फिल्मकै निर्देशक गौतम तिन्ननुरीले निर्देशन गरेका हुन् । अर्जुनको क्यारेक्टरलाई शहिदले जीवन्त बनाएका छन् । फिल्ममा देखाइएको रिटायर्ड लाइफको सक्सेस स्टोरीलाई शाहिदले आफ्नो तर्फबाट कम्जोर हुन् दिएका छैनन् । उनले क्रिकेटर र पिता अर्जुनको भूमिकालाई जीवन्त बनाएका छन् । उनीसँग स्क्रिनमा देखिने मृणाल, पंकज लगायतका अन्य कलाकारहरुले पनि अभिनय मार्फत मन जित्न सफल छन् ।

केही दृश्यमा मृणाल अवास्भाविक देखिन्छिन् । त्यस बाहेक उनले आफ्नो क्यारेक्टरलाई कम्जोर हुन् दिएका छैनन् । तर, तेलुगु फिल्मकै शैलीमा फिम्लाई ‘फ्रेम ट’ फ्रेमु बनाउदा इमोसन कम देखिन्छ । घटनाक्रम बढ्दै गर्दा केही अस्वाभाविक लाग्छ । बाइक चलाउने अर्जुनसँग पाँच सय रुपैयाँ नहुनु अस्वाभाविक छ । यतिमात्र नभई उनका साथीहरुसँग पनि पैसा नहुनु झनै अस्वाभाविक । किनकी बेलाबखतमा ती साथीहरुले मदिरा पार्टी समेत गरिरहेका हुन्छन् ।

तेलुगु फिल्मलाई बलिउड शैलीमा स्क्रिनप्ले तयार गरेको भए । सायद फिल्म अझैँ राम्रो बन्न सक्थ्यो । तर, शहिदकै अघिल्लो फिल्म कबिर सिंह झैं दुरुस्तै बनाउन खोज्दा कथाले दर्शकलाई बाध्न सक्दैन् । फिल्ममा पूर्ण रुपमा क्रिकेट नभएकाले यो क्रिकेट ड्रामा पनि होइन । यसमा केवल एउटा होनहार क्रिकेटरको कथा देखाईएको छ ।

तेलुगु निर्देशक भएकाले पनि गौतमले त्यहि शैलीमा काम गराएका छन् । कलाकारले बोलेको डायलगको भाव अनुहारमा देखिन्छ । यद्यपि त्यो डायलग रहेको स्क्रिन प्लेको कथामा दर्शक कन्भिन्स हुन गाह्रो छ ।

शान्त, अन्तर्मुखी मानिसको यात्रा प्रेरणादायक छ । यद्यपि तेलुगु फिल्मलाई दुरुस्त बनाउँदा ‘जर्सी’ को आफ्ना स्वाद छैन । यो त साउथको बासि परिकार झैँ भएको छ । शाहिदको अभिनय हेर्न चाहने दर्शकलाई फिल्मले जेनतेन बाँधला तर फिल्मको समग्र कथाले २ घण्टा मिनेटको समय हलमा टिकाउन मुस्किल छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस