शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • मेहेन्दीमा प्रफुल्ल वर्षा जब बिदाइमा रोइन् !
समाचार

मेहेन्दीमा प्रफुल्ल वर्षा जब बिदाइमा रोइन् !

काठमाडौं । प्रेमी आशिष गेलालसँग सुटुक्क विवाह गरेकी अभिनेत्री वर्षा सिवाकोटी अहिले किस्ता-किस्तामा बिहेका तस्वीर र भिडियो सेयर गरिरहेकी छन् । मेहेन्दी र विवाह समारोहमा खुसी देखिएकी वर्षा बिदाइमा भने रुँदै गरेको देखिइन् । रुँदै बिदाइ भएको तस्वीर उनले सेयर गरेको भिडियोमा पनि देख्न सकिन्छ ।

वर्षा मात्र होइन, बिदाइको क्षणमा आफन्त र परिवारले पनि आँशु खसालेका छन् । खुसी र भावुकताको मुडमा देखिएकी वर्षा ब्राइड लुक्समा आकर्षक देखिएकी छन् ।

विज्ञापन

विज्ञापन

शुक्रबार बिहानैदेखि वर्षाको विवाहलाई लिएर गसिप चलेका थिए । गुपचुप विवाह गरेकी वर्षाको स्वयंवरको तस्वीर सार्वजनिक हुन भने केही समय लागेन । सो दिन बेलुका वर्षा र आशिषले सामाजिक सञ्जालमार्फत विवाहको औपचारिक जानकारी दिएका थिए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस