आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • पोखरामा लाग्यो ओलीलाई ठूलो झट्का, टिकट दिएकाहरुले नै गरे विद्रोह
समाचार

पोखरामा लाग्यो ओलीलाई ठूलो झट्का, टिकट दिएकाहरुले नै गरे विद्रोह

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले पोखरा महानगरपालिकाको उपमेयर पदको टिकट अस्विकार गरेकी छन्। शनिवार एमालेले गुरुङलाई उपमेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

तर, उनले पार्टीको निर्णय अस्विकार गरिदिएकी छन्। पार्टीले आफूलाई उपमेयर पदको उम्मेद्वार बनाएकोमा उनले आश्चर्य प्रकट गरेकी छिन् । आफूले मेयर र उपमेयर कुनैपनि पदमा दाबी नगरेको र आफूसँग कुनैपनि सल्लाह पनि नभएको उनको भनाइ छ।

विज्ञापन

उपमेयरको पद आफूलाई स्विकार्य नरहेको गुरुङले प्रष्टोक्ति दिएकी छन् । ‘मैले मागेको भए अहिले तिमिलाई यो भयो भनेर चित्त बुझाउनु हुन्थ्यो । तर, मैले न मेयरमा आकांक्षा राखेको छु । न उपमेयरमा आकांक्षा राखेको छु । मलाई सोध्दै नसोधी र जानकारी नै नदिई किन मेरो नाम उपमेयरका लागि निर्णय गरियो ? मेरालागि यो स्विकार्य छैन । नेताहरुले अहिलेसम्म मलाई केही बताउनुभएको छैन । म उहाँहरुलाई सोध्दैछु ।’

विज्ञापन

केन्द्रीय सदस्य र हालको महानगरको उपमेयरलाई तल राखेर मेयरमा प्रदेश सचिवालय सदस्य रहेको दिपक पौडेललाई मेयरको उम्मेद्वार बनाउने निर्णयप्रति पोखरामा एमालेका नेता कार्यकर्तासमेत असन्तुष्ट देखिएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस