शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • माओ‌वादीसँगको एकीकरणपछि एमाले सकियो : झलनाथ खनाल
समाचार

माओ‌वादीसँगको एकीकरणपछि एमाले सकियो : झलनाथ खनाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि नै सकिएको बताएका छन्।

काठमाडौंमा आयोजित नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रिय कमिटी प्रथम विस्तारित बैठकमा खनालले यस्तो बताएका हुन्।

विज्ञापन

उनले नेकपा एमाले इतिहास भइसकेको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाए।

विज्ञापन

खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको बताए।

उनले नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि आग्रह गरे।

उनले नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई सिट नभएर दुई तीन सिट मात्र ल्याउने दाबी गरे।

खनालले आफ्नो पार्टी नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको पनि दाबी गरे। उनले नेपालको इतिहासमै ६ महीनाभित्रको समयमा अहिलेसम्म कुनै पार्टीले आफूलाई राष्ट्रव्यापी बनाउन नसकेको पनि बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस