On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • पत्रपत्रिका
  • राशिफल : २०७८ चैत्र १४ गते सोमवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल ?
पत्रपत्रिका

राशिफल : २०७८ चैत्र १४ गते सोमवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल ?

वि.सं. २०७८ चैत्र १४ गते सोमवार तदनुसार ई. सं. २०२२ मार्च २८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चिल्लागा),  नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०६:१० बजे, चन्द्रास्त : दिउँसो ०२:३१ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:०५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०६:२४ बजे, चैत्र कृष्णपक्षको एकादशी तिथि, दिउँसो ०४:३१ बजेसम्म, त्यसपछि द्वादशी तिथि, श्रवण नक्षत्र, दिउँसो १२:४८ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, मध्यरात्रीपछि १२:१५ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, सिद्धि योग, साँझ ०६:०९ बजेसम्म, त्यसपछि साध्य योग, सुरुमा बालब करण दिउँसो ०४:३१ बजेसम्म, त्यसपछि कौलव करण भोलि बिहान ०३:३६ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : आग्नेय (दिउँसो ०४:३१ बजेसम्म), त्यसपछि नैऋत्य, वारशूल : पूर्व, धनिष्ठा पञ्चक/सरुन प्रारम्भ (मध्यरात्रीपछि १२:१५ बजे), कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय,आज : श्री पापमोचिनी एकादशी व्रत , आजको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अक्षरारम्भ, शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने (द्वारचक्र), कलशचक्र

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १५ गते : श्री भौम प्रदोष व्रत (ऋणमोचन तथा पुत्रप्राप्तिका निमित्त), देउपाटनमा देशोद्धार पूजा, वारुणी योग दिनको ०२:४७ बजेउप्रान्त, द्विपुष्कर योग दिनको ११:४६ बजेसम्म, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), कलशचक्र, १६ गते : पिशाच चतुर्दशी (पासाचह्रे पूजा), वारुणी योग दिनको ११:०३ बजेसम्म, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अन्नप्राशन(पास्नी), डेरा सर्ने/बसाइँ सर्ने, कलशचक्र, १७ गते : दर्श श्राद्ध, निशि बार्ने दिन, भद्रकाली पीठमा लिङ्गो ठड्याउने दिन, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र

विज्ञापन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कर्मप्रति समर्पित हुने तथा वंश, कुल र पितृपक्षका विषयमा आकर्षण बढ्ने दिन हो, नयाँ कामको प्रस्तावसमेत आउन सक्छ । कार्यक्षेत्रमा हाकिमलाई र घरमा मान्यजनलाई सेवाचाकरी गरी प्रसन्न तुल्याउन सकिन्छ । प्रयत्न गर्दा कार्यक्षेत्रमा उन्नतिप्रगति हुने वा विशेष जिम्मेवारी पाउन सकिन्छ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्ने छ । केही समय आफ्नो व्यक्तिगत प्रयोजनमा छुट्याउनुपर्ने हुन्छ, तर कार्यक्षेत्रमा व्यस्त रहँदा आन्तरिक सम्बन्धमा फाटो बढ्नसक्छ, होस राख्नुपर्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

विज्ञापन

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शुभचिन्तकहरूको साथ पाइने छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रूचि बढ्ने दिन हो । व्यापार वा कारोबारमा गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । थोरै मात्र प्रयास गरेर आम्दानीका मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनुपर्ने हुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने समय हो, हाँके/ताकेका जुनसुकै काममा बिलम्ब हुनसक्छ । अल्छी गर्ने होइन, कडा परिश्रम गरेर काम निकाल्नुपर्ने हुन्छ । मन भारी र तन उदास हुने समय हो, नकारात्मक र हीनभावको उदय हुनसक्छ, सकेसम्म सहकर्मीहरूबीच तालमेल कायम राख्नु राम्रो हुन्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लामो समयपछि कतै एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । पुरुष जातकले ससुराली पक्षमा र स्त्री जातकले माइतीपक्षमा सम्पर्क गर्ने वा परिआएको काममा सघाउने परिस्थिति देखिन्छ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनभित्रका शत्रु अर्थात् रिसराग, द्वेष र अहंकार हाबी हुने भएकाले राम्रो गर्दागर्दै पनि अवगाल खेप्ने समय हो, सचेत र सावधान भएर कामधन्दा गर्नुहोला । निराशा र कुण्ठा बढ्ने समय हो, तर आज नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । छटपटी र असन्तुष्टि बढ्नसक्ने समय हो, मानसिक र शारीरिक शक्तिमा कमी आउने छ, सानो भुलचुकका कारण हातैमा आएको अवसर पनि उम्कन सक्छ, होस राख्नुपर्छ । खानपान र आहार/विहारमा सावधानी अपनाउनु ठीक हुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऋणहर्त्रे भौमाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सीपमूलक शिक्षाका विद्यार्थीका लागि क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रम गर्नोस्, राम्रो उपलब्धि पाउनु हुनेछ, साथै भाग्यले समेत साथ दिने समय छ । प्रतिस्पर्द्धा वा परीक्षामा सफल भइने छ, केही नयाँ कुरा सिक्नु छ, वा सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने समय छ । पढाइ वा तालिमका सिलसिलामा कार्यालयबाहिर जानुपर्ने हुन्छ । प्रयत्न गरेमा देश/विदेशको यात्राको अवसर पनि मिल्नसक्छ । आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुमुदप्रियायै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरमा सम्पर्क राखी भाइबहिनी वा छोरा/छोरीको उन्नति, प्रगति वा आचरणसम्बन्धी कुरामा चिन्ता गर्नु राम्रो हुन्छ । होटल/मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । सजावटका सामान, भाँडाकुडा वा कुनै घरायसी बन्दोबस्तीका चिजबीज खरिद गर्ने दिन हो, दैनिक कामधन्दामा समेत निकै खट्नुपर्ने देखिन्छ । आजको भाग्यबल ५० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
करियर परिवर्तन र उच्च शिक्षा प्राथमिकताको विषय बन्नेछ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि राम्रो छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, अत: कुनै महत्त्वपूर्ण निर्णय लिनुअघि सिनियर वा जानकार व्यक्तिको सल्लाह लिनु ठीक हुन्छ । के कुराले आफूलाई सहज हुन्छ त्यो कुरा पहिल्याई कार्य गर्नसके मनमा तनाव हुनेछैन, पारिवारिक वातावरण सुखमय रहनेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भालचन्द्राय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
गरेको कामको सर्वत्र प्रशंसा हुनेछ । सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । अचानक आम्दानी हुने दिन हो । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, ससाना कुरामा पनि नोकझोक बढ्ने समय छ । साथीभाइसँग उठबस हुने र रामरमाइलो गरिने समय हो, अनि मिठो खाने र राम्रो लगाउने तिर्सना मेट्दा मोटै धनराशि खर्च हुनसक्छ । आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रां श्रीं श्रौं स: चन्द्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बन्दव्यापार र कारोबारमा आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो । असाध्यै गतिलो दिन छ, किनकि आज तपाईंको घरमा शुभताले प्रवेश गर्नेछ । हरेक क्रियाकलापमा परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन पनि प्रसन्न रहनेछ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ चन्द्रघण्टायै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन, नत्र आकसिम्क रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नु ठीक हुन्छ । आजको भाग्यबल ३० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: पशुपतये न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दुबिधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ, हिसाबकिताब नै तपाईंको काम हो भने सजगता अपनाउनु पर्छ, सेवाग्रहीसँग नम्र बोलीको प्रयोग गर्नुहोला । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्द्धीहरू आफैं तर्किएर हिँड्नेछन् । मौजमस्ती, आनन्द र रामरमाइलोमा केन्द्रित दिन छ, आर्थिक सङ्कट बढ्ने समय भएकाले मनलाई लगाम लगाउनु बेस हुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शशिशेखराय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस