बुधबार, बैशाख ३, २०८२
  • होमपेज
  • समाचार
  • भारतले महाकाली नदीमा तटबन्ध बनाएकोप्रति एमालेको ध्यानाकर्षण
समाचार

भारतले महाकाली नदीमा तटबन्ध बनाएकोप्रति एमालेको ध्यानाकर्षण

काठमाडौं। 

नेकपा (एमाले) ले भारतले दार्चुलाको महाकाली नदीमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ ।

विज्ञापन

एमाले स्थायी कमिटी बैठकले दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नदी किनारमा भारतले निर्माण गरिरहेको स्थायी तटबन्धको विरोध जनाउँदै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको हो ।

विज्ञापन

महाकाली नदीको धार नै परिवर्तन गर्नेगरी धारचुलामा भारतीय पक्षबाट एकतर्फी ढंगले गरिरहेको संरचना निर्माणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए ।

आइतबार बसेको पहिलो स्थायी कमिटी बैठकले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपालको राष्ट्रिय हित र भूमिको रक्षासँग जोडिएको यति संवेदशनशील विषयमा सरकारको मौनता खेदजनक रहेको उनले बताए ।

‘हामी हाम्रो पार्टी यस विषयमा तत्काल भारतसँग वार्ता गर्न, एकतर्फी संरचना निर्माण गर्न रोक्न र सीमाको रक्षामा गम्भीर बन्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ स्थायी कमिटी बैठकले गरेको निर्णय सुनाउँदै उनले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस