On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • देउवाको रणनीति : विरोधीलाई बोल्न दिएरै थकाउने, केन्द्रबाटै गठबन्धन गर्ने
समाचार

देउवाको रणनीति : विरोधीलाई बोल्न दिएरै थकाउने, केन्द्रबाटै गठबन्धन गर्ने

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय बैठक जारी छ । शुक्रबारबाट सुरू भएको बैठक आइतबार दोस्रो दिन पनि करिब ५ घण्टा चलेर स्थगित भयो ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचका लागि पार्टीले गरेको एक महिने ‘घर–घर जाऔँ कांग्रेस जिताऔं’ अभियानको समीक्षा बैठकमा जारी छ । स्थलगत भ्रमणबाट फर्किएका सभापति देउवा निकटकै केन्द्रीय सदस्यहरू पनि चुनावी गठबन्धनको विपक्षमा मत राखिरहेका छन् । तर, त्यो मतबाट देउवा टसको मस भएका छैनन् । उनी गठबन्धन गर्ने पक्षमा दृढ छन् ।

विज्ञापन

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा पनि सभापति देउवाले गठबन्धन नगरे कांग्रेस पराजित हुने, नेकपा एमाले अहिले पनि बलियो अवस्थामा रहेको बताएका थिए ।

विज्ञापन

 

 

 

आइतबारको बैठकमा बोल्दै केन्द्रीय सदस्य तथा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले चुनावी गठबन्धनको विपक्षमा स्पष्ट मत राखिन् । पार्टीभित्रको गुटगत राजनीतिमा सभापति देउवा निकट रहेकी भुसालले विदेशी शक्ति पुनः वाम एकता गराउन लागेको – त्यस्तो भए के तयारी भएको छ ? भन्दै सभापतिलाई प्रश्न गरिन् ।

एक केन्द्रीय सदस्यले  दिएको जानकारीअनुसार भुसालले गठबन्धनको मोडलका विषयमा भइरहेको बहसमाथि नै प्रश्न उठाएकी थिइन् ।

“कांग्रेसले जितेको ठाउँमा गठबन्धन नगर्ने, हारेको ठाउँमा चाहिँ गठबन्धन गर्ने भन्ने कुरा छ । यो कुन सिद्धान्तको, कस्तो मोडल हो ?,” भुसालको भनाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, “अरू दल यसरी मान्छन् ? बाह्य शक्ति पुनः वाम एकता बनाउन लागेको भन्ने छ । के छ तयारी ?”

सभापति देउवा निकटकै अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले त एमालेले जितेको स्थानीय तहमा कांग्रेसले माओवादीसँग गठबन्धन गर्ने भन्ने कुरा कति जायज छ भन्दै प्रश्न उठाएका थिए । कांग्रेसले जितेको ठाउँमा एमाले माओवादी गठबन्धन भए के हुन्छ भन्दै उनी बैठकमा कडारुपमा प्रस्तुत भएका थिए ।

“एमालेले जितेको ठाउँमा माओवादीसँग गठबन्धन गर्ने भन्ने कुरा छ । हामीले जितेको ठाउँमा माओवादीसँग एमालेले गठबन्धन ग¥यो भने के हुन्छ ?,” भट्टराईको प्रश्न थियो ।

कांग्रेसको स्थानीय तह निर्वाचिन केन्द्रित अभियानमा सिन्धुपाल्चोक गएर फर्किएकी केन्द्रीय सदस्य गंगालक्ष्मी अवालले गठबन्धनको नाममा अब कम्युनिस्टहरूले गरेको पाप कांग्रेसले पखाल्न नसक्ने धारणा राखिन् ।

“गठबन्धनमा कम्युनिष्टहरूलाई बोकेर उनीहरूको पाप धँुदा–धुँदा गंगानै मैलो भइसक्यो, अझै गठबन्धन बोकेर कति गंगा फोहोर बनाउने ?,” अवालको प्रश्न थियो ।

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा रूकुमपूर्व पुगेर आएकी केन्द्रीय सदस्य रूपा विकले रूकुम पूर्वमा माओवादीसँग मिलेर चुनाव लडे कांग्रेसीहरु विद्रोह गर्न तयारीमा रहेको जानकारी दिइन् ।

“माओवादीसँग मिल्ने भए त्यहाँ कांग्रेसका नेताहरू छुट्टै चुनाव लड्ने तयारीमा छन्, गठबन्धन गर्दा विचार गरौँ,” विकको भनाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने ।

आफ्नै सरकारको कामकारवाहीमा प्रश्न

आइतबारको कांग्रेस बैठकमा सांसदसमेत रहेका केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् ।

केन्द्रीय सदस्य समेत रहेका सांसद प्रकाश स्नेही रसाइलीले अर्थतन्त्र गम्भीर संकटतर्फ लागेको भन्दै अर्थमन्त्रीको विकल्प खोज्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

स्नेहीले माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्न र राजीनामा नदिए बर्खास्त गर्न आग्रह गरेका छन् । व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको तर सुधारको प्रयास नभएकाले अर्थमन्त्रीलाई मन्त्रीबाट हटाउनुपर्ने उनको तर्क थियो ।

“अर्थमन्त्री असक्षम भइसक्नुभयो । त्यसैले उहाँलाई गठबन्धमा कुरा गरेर प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्दछ,” रसाईलीको प्रश्न थियो, “तत्काल अर्थमन्त्री नहटाए चुनाव त थेगौँला सभापतिज्यू तर देशलाई कसरी थेग्ने ?”

स्नेहीले त सभापति देउवादलाई कम्युनिष्टसँग एक्लै भिड्न सक्ने कांग्रेस पार्टी बनाएर दिन आग्रह गरेका थिए ।

सांसद समेत रहेका अर्का केन्द्रीय सदस्य सञ्जय गौतमले त देउवा सरकारको प्रभावकारीतामाथि नै प्रश्न उठाएका थिए । भ्रष्टाचार नियन्त्रण हुन नसकेको तथा सरकारको प्रभावकारिता पनि नदेखिएको भन्दै उनले देउवाको ध्यानाकर्षण गराएका थिए ।

“सरकारको प्रभावकारितामा प्रश्न उठिरहेको छ । म प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु,” गौतमले भनेका थिए, “भ्रष्टाचार पनि बढेको कुरा बाहिर आउन थालेका छन् ।”

उनले चुनाव जित्न मात्र गठबन्धन गरे त्यसको प्रतिफल भोग्न कांग्रेस तयार हुनुपर्ने बताए । संस्थागत निर्णय गरेर चुनाव जितिए पनि राजनीति भने कुनै पनि हालतमा जित्न नसक्ने उनको दावी थियो ।

सुबैको कुरा सुन्ने, अन्तमा गठटबन्धनकै पक्षमा निर्णय गर्ने

दुईदिन देखि जारी बैठक सोमबार समापन गर्ने तयारी छ । कांग्रेसले सोमबार बिहान साढे ११ बजेका लागि बैठक बोलाएको छ ।

पार्टी प्रवक्ता प्रकाशरण महतका अुसार सोमबारको बैठकबाट चुनावी गठबन्धनको विषयमा कांग्रेसले निर्णय गर्ने तयारी गरेको छ । गठबन्धनको पक्ष विपक्षमा बहसमा निरन्तर धारणा आइरहे पनि पार्टीले आवश्कताको सिद्धान्तअनुसार गठबन्धनको पक्षमा निर्णय लिने बताए ।

“साथीहरुले केही न केही गठबन्धनको आवश्यकता छ भनेर भन्नुभएको छ । पार्टीलाई बढीभन्दा बढी सिट जिताएर सफल बनाउन कतिपय ठाउँमा गठबन्धन गर्न जरुरी छ । भोलीसम्म साथीहरु बोलेपछि मोडालिटीबारे हामी निर्णयमा पुग्छौँ,” प्रवक्ता महतले भने ।

पार्टीका एक उच्च पदाधिकारी सबै साथीहरुको कुरा सुनेपछि केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको पक्षमा निर्णय गर्ने तयारी रहेको जानकारी दिए । सबैभन्दा धेरै चासो भरतपुर महानगरपालिकामा भइरहेको भन्दै त्यसका विषयमा पनि निचोडमा पुग्ने उनले बताए ।

“भरतपुर महानगरको मेयर पद हामीले लिएर केन्द्र प्रचण्डलाई छोड्ने गरि गठबन्धन हुन्छ,” देउवा निकटका ती पदाधिकारीले भने, “सबै साथीहरूले कुरा राख्नुहुनेछ । हामी गठबन्धन गर्ने गरी निर्णय गर्दै केन्द्रीय समिति बैठक समापन गर्छौँ ।”

ती पदाधिकारीले अहिलेलाई कांग्रेसले बहुमत प्राप्त गर्ने गरि गठबन्धन हुने दावी गरे ।

“गठबन्धन हुन्न कि भन्ने कुरा होला । ढुक्क हुनुहोस् गठबन्धन हुने गरि बैठकले निर्णय ठोक्छ । गठबन्धन कांग्रेसले बहुमत ल्याउने गरेर हुन्छ,” ती पदाधिकारीले भने ।

रामचन्द्र र सुजाता गठबन्धनको पक्षमा

पार्टीमा नेता रामचन्द्र पौडेल र सुजता कोइराला गठबन्धन गर्नुपर्ने पक्षमा उभिएका छन् । उनीहरुले जारी केन्द्रीय कार्यसमितिबाट चुनावी गठबन्धनका विषयमा नीतिगत निर्णय हुने पनि दाबी गरेका छन् ।

“गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिनेछ । कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो,” वरिष्ठ नेता पौडेलले भने, “चुनावी तालमेलमार्फत गठबन्धन बचाएर लैजानुपर्ने आवश्यकता छ ।”

कहाँ–कहाँ लिने, कहाँ–कहाँ छाड्ने भन्ने विषय भने पछि सल्लाह हुने र जारी बैठकबाट सैद्धान्तिक निर्णय मात्र हुने उनको भनाई थियो ।

नेतृ सुजाता कोइराला पनि चुनावी गठबन्धनको पक्षमा उभिएकी छन् । उनले गठबन्धनका कारण कांग्रेसले केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्री पाएको भन्दै यसलाई तोड्न नहुने उनको जोड थियो । कांग्रेस बलियो भएको ठाउँमा एक्लै लड्ने र कमोजर भएको ठाउँमा गठबन्धन गर्नुपर्ने धारणा राखिन् ।

“मलाई सोध्नुहुन्छ भने गठबन्धन गरेर जाँदा कांग्रेसलाई फाइदा हुन्छ । जुन ठाउँमा बलियो छौँ, एक्लै लड्ने । जुन ठाउँमा कमजोर छौँ, गठबन्धन गरेर जानुपर्छ,” कोइरालले भनिन्, “गठबन्धन कसरी गर्ने भन्ने मोडल बनाउनुपर्छ ।”

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस