सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • चलचित्र उद्योग छाड्ने आमिर खानको निर्णय, के हो कारण ?
समाचार

चलचित्र उद्योग छाड्ने आमिर खानको निर्णय, के हो कारण ?

मुम्बई । बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिर खान बलिउडका ए–ग्रेडका अभिनेतामध्येका एक हुन् । उनै खानले चलचित्र उद्योग छोड्ने निर्णय लिएका छन् । तीन दसक बढी समय बलिउडमा बिताएका खानले अचानक चलचित्र उद्योगनै छोड्ने निर्णय लिएका हुन् ।

उनले आफूले केही समय अगाडि नै उद्योग छोड्ने निर्णय लिएको बताएका छन् ।

विज्ञापन

आमिरले यो निर्णय दुई वर्ष मनोरञ्जन क्षेत्रलाई पूरै थला पारेको कोरोना महामारीको समयमा लिएका हुन् । यद्यपि उनले यो निर्णय सार्वजनिक भने गरेनन् । यसको कारण उनको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाल सिंह चड्डा’ हो ।

विज्ञापन

 

 

 

के हो कारण ?

“होइन, मैले छोडेँ । यसबारे कसैलाई थाहा छैन । म पहिलोपटक भन्दै छु, तपाईं छक्क पर्नुहुने छ । मैले अबदेखि कुनै पनि चलचित्र नगर्ने जानकारी परिवारलाई दिएको थिएँ । न म अभिनय गर्छु न कुनै चलचित्र निर्माण गर्छु । म मात्र तपाईंहरू (परिवार) सबैसँग समय बिताउन चाहन्छु । किरण र उनका आमाबाबु, रिना र उनका आमाबाबु, मेरा छोराछोरी, मेरो परिवार त्यहाँ छन् । मैले त्यो महसुस गरेँ,” आमिर चलचित्र छोड्ने निर्णय सुनाउँदै भन्छन्, “मैले बुझेँ कि यो रिसको प्रतिक्रिया थियो । मेरो परिवार छक्क पर्‍यो किनभने मैले यो कुरा उनीहरूलाई यति तीव्र रूपमा सुनाइरहेको थिएँ । मसँग कसैले बहस गरेनन् । त्यसपछि मैले अब फिल्ममा अभिनय नगर्ने कुरा दर्शकलाई बताउनुपर्छ भन्ने सोचेँ ।”

तर आमिरले त्यो बेला आफ्नो यो निर्णय सबैलाई सुनाउन सकेनन्, कारण उनी आफ्नो निर्णयलाई मार्केटिङका रूपमा लगिएलका कि भन्ने डरमा थिए ।

उनको चलचित्र ‘लाल सिंह चड्डा’ रिलिज हुन बाँकी छ । यस्तो समयमा यदि चलचित्रबाट सन्यास लिने घोषणा गरेमा आफ्नो चलचित्र चलाउने योजना मात्रै भएको भन्ने आरोप उनी नलागोस् भन्ने चाहन्थे ।

आमिर खानको यस्तो निर्णयले उनकी पूर्वपत्नी किरण राव एकदमै भावुक भएको आमिरले बताउँछन् ।

“त्यसैले मैले यो नभन्दै राम्रो हुन्छ सोचेँ र यसरी नै तीन महिना बित्यो । लालसिंह चड्डा रिहा रिलिज भएपछि अबको तीन–चार वर्षसम्म म केही गर्छु भनेर कसैले पत्तै पाउने छैन । त्यतिन्जेल म उद्योग छोड्छु र कसैलाई थाहा हुनेछैन । एक दिन, मेरा बच्चाले मलाई भन्यो यस्तो नगर्नुहोस् । तपाईंले जीवनमा सन्तुलन ल्याउँदा अझ राम्रो हुन्छ । मैले चलचित्र छोडेको थिएँ । मेरो मनमा मैले चलचित्र छोडिसकेको थिएँ । मेरा छोराछोरी र किरणले मलाई मैले गलत गरिरहेको बताए । किरणले रुँदै ‘जब म तिमीलाई देख्छु, तिमीभित्र बसेको फिल्म देख्छु । तिमी के भन्दैछौ मैले बुझ्नै सकिरहेको छैन’ भनिन् । दुई वर्षमा धेरै कुरा भयो, मैले उद्योग छाडेर फर्किएँ,” उनले थपे ।

उनको चलचित्र ‘लाल सिंह चड्डा’ आगामी अगस्ट ११ मा रिलिज हुँदैछ । अद्भेत चन्दनको निर्देशन रहेको चलचित्रमा आमिरका साथै करिना कपुर, मोना सिंह र नागा चैत्य मुख्य भूमिकामा छन् ।

बलिउड हंगामाबाट ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस