सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • आयोग र गठबन्धनको सेटिङ छ, निर्वाचनमा धाँदली हुन्छ: केपी ओली
समाचार

आयोग र गठबन्धनको सेटिङ छ, निर्वाचनमा धाँदली हुन्छ: केपी ओली

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सत्ता गठबन्धनसँग सेटिङ गरेको आरोप लगाएका छन्। पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै उनले निर्वाचन आयोगको साँठगाँठप्रति आपत्ति जनाए।

विज्ञापन

निर्वाचन आयोग त स्वतन्त्र हुनुपर्ने हो। कुनै पनि निर्णय गर्दा सबै दलहरुसँग परामर्श लिनुपर्ने हो। तर परामर्श बिनै मतपत्रको रंग परिवर्तन गर्नु पक्कै पनि सेटिङयुक्त साँठगाँठ भएको बुझ्नुपर्छ,’ बैठकमा सम्बोधन गर्दै उनले भने।

विज्ञापन

उनले निर्वाचन आयोगले विगतमा पनि एमाले पार्टीलाई दुःख दिएको आरोप लगाए। ‘निर्वाचन आयोगबाट विगतदेखि नै हामी पीडित छौं। जसो गरे पनि निर्वाचन आयोगले हाम्रो विपक्षमा फैसला गरिदिने विगतदेखिको चाल हो। राष्ट्रिय सभा निर्वाचनमा पनि हामीले त्यो कुरा भोगेका छौं,’ उनले भने।

उनले हल्का कुरामा सबै पार्टीसँग परामर्श गर्ने निर्वाचन आयोगले मतपत्रको रंग नै परिवर्तन गर्ने कुरामा परामर्श नगरेको भन्दै आपत्ति जनाए। ‘चुनाव हुनुअघि नै निर्वाचन आयोगका कर्मचारीहरुले यो व्यवहार गरिरहेका छन्। निर्वाचनका बेला झन् के हुने हो भन्न सकिन्न,’ उनले भने।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दुई दिन समय छुट्याएको भन्दै आपत्ति जनाए। उनले हवाइ यातायात नहुँदा, प्रविधिको विकास नहुँदा पनि एकै दिनमात्र मनोनयन हुँदै आएकोमा सत्ता गठबन्धनका लागि दुई दिन मनोनयन दर्ता गर्ने समय छुट्याएको आरोप लगाए।

मनोनय दर्ता गर्न दुई दिन दिने चलन कहिले पनि थिएन। हवाई यातायात, हेलिकोप्टर, आइटी सुविधा अभाव भएका बेला पनि एकै दिन मनोनयन गर्ने चलन थियो। सत्ता घठबन्धनका लागि दुई दिन गरेछन्। आयोगले त्रुटि सच्याउन तयार हुनुपर्छ,’ उनले भने।

उनले निर्वाचन आयोगलाई प्रतिपक्षीले यस्ता कुरा बुझ्दैन भन्न ठानको भए भ्रममा नपर्न सुझाव दिए। ‘हामी पनि यति कुरा बुझ्छौं,’ उनले भने।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस