काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी स्थानीय तहको निर्वाचन माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ भएको बताउनुभएको छ ।
देशमा आफूहरूले लडेर ल्याएको उपलब्धि उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले अहिलेको निर्वाचन अरुका लागि निर्वाचन मात्रै भए पनि आफूहरूको लागि लडाइँ भएको बताए ।
विज्ञापन
गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निर्वाचन लाखौं जनताको सपनाहरू सफल वा विफल पार्ने लडाइँ भएको बताए ।
विज्ञापन
अझै पनि अवसरवादी र प्रतिक्रियावादीहरूले माओवादी जनयुद्धको परिवर्तनलाई उल्टाउने षडयन्त्र गरिरहेको उनको भनाइ छ ।
माओवादीले हारे गणतन्त्र र सयौं वर्षदेखिको अत्याचारमा राखिएको वर्ग समुदायको हक अधिकार खोसिने अध्यक्ष दाहालले जिकिर गरे ।
फेसबुक प्रतिक्रियाहरु