काठमाण्डाै ।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई चुनावमा कुनै अप्ठ्यारो नपर्ने बताउनुभएको छ । अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रिय सभा चुनावमा विजयको सुरुवात भइसकेकाे भन्दै सूर्य चिह्न नहुँदैमा आउँदाे चुनावमा कुनै अप्ठ्यारो नपर्ने दाबी गर्नुभएको हो ।
विज्ञापन
पार्टी निकट मजदुरहरूको सङ्गठन एकीकृत ट्रेड युनियन महासङ्घ नेपालले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘हामीले राष्ट्रिय सभामा कलम चिह्नले विजयको सुरुवात गरिसक्याैँ । तर कतिपयलाई सूर्य चिह्न नहुँदा अप्ठ्यारो पर्छ कि भन्ने लाग्ला । कलम चिह्नले जित्न थालिसकेको छ । राष्ट्रिय सभा सदस्य चुनावमा एउटाबाहेक सबैलाई जिताएर देखाएका छौँ । अब स्थानीय तहकाे चुनावमा हामी जुट्नुपर्नेछ ।’
विज्ञापन
अध्यक्ष नेपालले केपी ओली नेतृत्वको एमालेलाई गफाडीको संज्ञा दिनुभयो । उसले सरकारमा हुँदा पनि गफबाहेक अरू केही पनि काम नगरेको उहाँको भनाइ थियो ।
फेसबुक प्रतिक्रियाहरु