सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • रुख सुकेको छ, कलममा मसी छैन, सूर्य चम्किरहेको छ, जित्ने एमाले नै हो : योगेश भट्टराई
समाचार

रुख सुकेको छ, कलममा मसी छैन, सूर्य चम्किरहेको छ, जित्ने एमाले नै हो : योगेश भट्टराई

कैलाली । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ६० प्रतिशत भन्दा धेरै स्थानीय तह जित्ने दाबी गरेका छन् ।

प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य दलहरूका अवस्था दयनीय रहेको भन्दै एमालेले एक्लै सबैमा हाबी हुने बताए ।

विज्ञापन

भट्टराईले कांग्रेसलाई सुकेको रुख र एकीकृत समाजवादीलाई मसी सकिएको कलम भनेर टिप्पणी गरे ।

विज्ञापन

‘रुख सुकेको छ । कलममा मसी छैन । हँसिया हतौडा गोलाकार भित्र छैन । सूर्य चम्किरहेको छ’ उनले भने, ‘ जनताले यो गठबन्धनको विकल्प खोजेका छन् । त्यो विकल्प नेकपा एमाले हो । स्थानीय तहको निर्वाचनमा एमाले एक्लै सबैलाई पछि पार्छ ।’

अघिल्लो स्थानीय तहको निर्वाचनमा ४५ प्रतिशत एमालेले जितेको भन्दै उनले अब एक्लै ६० प्रतिशत जित हुने दाबी गरे । ‘हाम्रो गणित प्लस हुँदै जान्छ , कांग्रेसकोमा, अरूमा माइनस हुन्छ’ उनले भने ‘गठबन्धनलाई जनताले खुट्टी हेर्दै पत्याइएको छ । अब उनीहरूको भविष्य छैन ।’

उनले अगामी निर्वाचनमा मुख्य गरी नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा प्रतिस्पर्धा हुने बताउँदै मुलुक बिस्तारै बहुदलीय प्रणालीबाट दुई पार्टीबिचको प्रतिस्पर्धामा गइरहेको उल्लेख गरे ।

आगामी निर्वाचनमा राष्ट्रिय स्तरमा कुनै पनि दलसँग सहकार्य हुन नसक्ने समेत उनले बताएका थिए । स्थानीय स्तरमा भने अघिल्लो कमिटीसँगको समन्वयमा गठबन्धन हुन सक्ने उनको भनाइ थियो ।

‘पार्टीले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा गठबन्धन वा कुनै तालमेल घोषणा गर्दैन,’ भट्टराईले भने, ‘आवश्यकता परेमा स्थानीय आवश्यकताका आधारमा तल्लो कमिटीको सिफारिसमा सम्बन्धित जिल्ला कमिटीले तालमेल गर्न सक्छ ।’

गठबन्धनले विभिन्न बहानामा अझै पनि निर्वाचन सार्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले केही समयअघि एमालेसँग पनि गठबन्धन हुन सक्ने आशय व्यक्त गरेकोप्रति लक्षित गर्दै उनले भने, ‘एमाले भनेको कांग्रेस र माओवादीको बार्गेनिङ चिप्स होइन । एमालेको भूत देखाएर माओवादीले कांग्रेसलाई तर्साएका हुन्’ उनले भने, ‘गठबन्धन गरे पनि नगरे पनि हामीलाई केही फरक पर्दैन । हामी राष्ट्रिय स्तरमा कसैसँग पनि गठबन्धन गर्दैनौँ ।’

उनले एमाले भित्रै पनि वाम तालमेल गर्ने बाटो खुल्ला रहेको बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस