इलाम, चैत ६-
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिका पुगेका छन । एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुगेका हुन्। ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गरेका छन् ।
विज्ञापन
विज्ञापन
एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा गरिएको हो । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गरेको हो ।
खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमाले अध्यक्ष बस्नेतको दाबी छ । फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा सयौं कार्यकर्ता एमाले प्रवेश गरेको बस्नेतले बताए ।
फेसबुक प्रतिक्रियाहरु