सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • अनन्तकाे प्रदर्शनलाई लिएर भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले दिए यस्ताे प्रतिक्रिया
समाचार

अनन्तकाे प्रदर्शनलाई लिएर भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले दिए यस्ताे प्रतिक्रिया

काठमाडौं।

नेपाली स्टार फुटबल खेलाडि अनन्त तामाङले इण्डियन सुपर लिग (आईएसएल)को यो सिजन इस्ट बंगालको टोलीबाट खेलेर इतिहास रचेपछि आफ्नाे अनुभवबारे पहिलाे पटक मिडियामा अन्तर्वार्ता दिएका छन् ।

विज्ञापन

उनले  अन्तर्वार्ता दिँदै इण्डियन सुपर लिग (आईएसएल) मा डेब्यू गर्नु आफना लागि गाैरवकाे बिषय भएकाे बताएका छन् ।

विज्ञापन

थ्री स्टारबाट ए डिभिजन लिग खेल्दै गर्दा उनलाई आईएसएलकाे अन्तिम दुई खेलका लागि इस्ट बंगाल फुटबल क्लबमा अनुबन्धित भएका थिए । तर उनले अन्तिम खेलमा डेब्यू गरेका थिए भने पूरा समय खेलेका थिए । तर उक्त खेलमा बंगाल टिम भारतीय कप्तान सुनील क्षेत्री रहेको क्लब बैंगलाेरसँग १–० ले पराजित रह्यो ।

राष्ट्रिय टोलीकै रोहित चन्दले इण्डोनेसियाको लिगा वान र कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतकै आई लिगमा व्यवसायिक फुटबल खेलिरहेका छन् । विदेशी लिग खेल्ने अनन्त वर्तमान राष्ट्रिय टोलीका तेस्रा खेलाडी हुन् ।

आईएसएलमा नेपालबाट डेब्यू गर्ने पहिलाे खेलाडी बनेका अनन्तले इस्ट बंगाल क्लबले आफ्नाे प्रदर्शनलाई हेरेर प्रस्ताव गरेकाे र आफुले स्वीकार गरेकाे बताएका छन् । उनले आफुले चाहेर मात्र वा स्वीकार गरेर मात्र नपुग्ने अवस्थामा थ्रि स्टारले आफुलाई रिलिज गरेर ठूलाे गुन लगाएकाे बताएका छन् ।

“छाेटाे समयमै निर्णय गरेर क्लबले मलाई इण्डियन सुपर लिगमा जाने अवसर दियाे । र रिलिज गरिदियाे । क्लबलाई धन्यवाद दिन्छु ।”, उनले भने, ” इस्ट बंगाल क्लबले मलाई पहिले देखी नै पछ्याईरहेकाे रहेछ । अनि मेराे प्रदर्शनलाई हेरेर नै उहाँहरुले प्रस्ताव गर्नु भएकाे हाे । ”

उनले आईएसएलका लागि भारतपुगेपछि त्यहाँ ३/४ दिन मात्रै ट्रेनिङ गर्न पाएकाे बताए । तर छाेटाे समयमा पनि आफ्नाे लगनशिलता तथा मेहनत र खेल्न सक्ने सामर्थ्य देखेर क्बलका काेचले राती आएर आफुले फ्लेईङ ११ मा राखेकाे जानकारी गराएकाे बताए । उनले भने, “काेचले प्लेईङ ११ मा रहेकाे जानकारी दिँदै खेल्न सक्छाै भनेर साेधेका थिए । मैले सक्छु भनेर जवाफ दिए।”

उनकाे खेलपछि काेचले खुसी ब्यक्त गरेकाे उनले बताएका छन् । छाेटाे समयमा तयारी गरेर पूरा म्याच खेलेकाे बताउँदै उनले काेचकाे प्रतिक्रियाबाट आफु निकै खुसी भएकाे बताए । त्यसैगरी टिमका अन्य खेलाडीले पनि राम्राे खेलेकाे भन्दै प्रशंसा गरेकाे र केही गल्तीहरुमा राम्राे सुझाब दिएकाे उनले बताए ।

यसैगरी भारतीय राष्ट्रिय टिमका कप्तान तथा बैंगलोर एफसीका समेत कप्तान रहेका चर्चित फुटबलर सुनिल क्षेत्रीसँग समेत उनले भेट गरेका छन् । भेटपछि नेपाली भाषी समेत रहेका सुनिल क्षेत्रीले आफुलाई प्रदर्शन राम्राे रहकाे र भविश्यका लागि शुभकामना दिएकाे अनन्तले बताए ।

अनन्तले माल्दिभ्समा भएकाे साफ च्याम्पियनसिपकाे बेलाकाे सुनिलसँगकाे कुराकानीलाई पनि सम्झिदै त्याे बेला आफुले सुनिलसँग हिन्दीमा केही कुरा गर्न खाेज्दा सुनिलले आफु पनि नेपाली भएकाे र नेपालीमै बाेल्न भनेकाे कुरा पनि उल्लेख गरे ।

“सुनिल दाईसँग हिन्दीमा कुरा गर्न खाेजेकाे थिए । म पनि नेपाली हाे। नेपालीमा बाेल भनेर भने । त्यसपछि नेपालीमा कुरा गर्‍याैं ।”, “उनले माल्दिभ्समा भएकाे साफ च्याम्पियनसिपलाई स्मरण गर्दै भने, सुनिल दाई भारतकाे मात्र नभएर एसियाकै आईकाेनिक प्लेयर हुनुहुन्छ ।”

आईएसएल खेल्ने खेलाडीहरु र काेचले दिनु भएकाे प्रतिक्रिया अनुसार आफुले आईएसएलमा फेरी अवसर पाउने चान्स धेरै भएकाे उनले बताए । उनले धेरै भन्दा धेरै ट्रेनिङ र मैत्रीपूर्ण खेलले नै नेपालकाे फुटबल फस्टाउने बताए । “मैले आईएसएलमा जान्छु । राष्ट्रिय टिममा पर्छु भनेर कहिले साेचिन । सबैकुरा मेहनत नै हाे ।” उनले भने, ” मेराे पहिलाे काेच भनेकै मेराे दाई हाे । ”

यसैबीच एनएसएलका लागि चितवन एफसीकाे मार्की खेलाडी समेत रहेका अनन्तले अहिले एनएसएलका लागि ब्यक्तिगत र टिमवर्कमा ध्यान दिईरहेकाे बताउँदै त्यसले नै जित तर्फकाे यात्रा बनाउने उनले बताएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस