शनिबार, चैत्र १, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रको भविष्यको अगाडी गठबन्धन सानो कुरा हो : राम कार्की
समाचार

राष्ट्रको भविष्यको अगाडी गठबन्धन सानो कुरा हो : राम कार्की

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद राम कार्कीले राष्ट्रको भविष्यको अगाडी गठबन्धन सानो कुरा भएको टिप्पणी गरेका छन् ।

आज संसदभवन बाहिर संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले माओवादी केन्द्र गठबन्धनको जनक भएको भन्दै आफुहरु गठबन्धन टुटोस भन्नेमा नरहेको समेत स्पष्ट पारे ।

विज्ञापन

‘संविधानमाथि हस्तक्षप भईरहेको समयमा गठबन्धन हामीले बनाएका हौं । तर, राष्ट्रको भविष्यको अगाडी गठबन्धन सानो कुरा हो,’उनले भने ।

विज्ञापन

यस्तै, उनले यथास्थितिमा एमसीसीको पक्षमा नेकपा माओवादी केन्द्र जान नसक्ने बताए ।

सबै राजनीतिक दलहरुले संशोधनको दबाव दिए अमेरिका एमसीसीलाई संशोधन गर्न बाध्य हुने उनको दाबी थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस