शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • डिभोर्सपछि ऋषिकेशमा रमाउँदै सामन्था
बलिउड/हलिउड

डिभोर्सपछि ऋषिकेशमा रमाउँदै सामन्था

दक्षिण भारतीय अभिनेत्री सामन्था अक्केनेनी डिभोर्सपछि बिदा मनाउन उत्तराखण्डको ऋषिकेश पुगेकी छन्।

उनले त्यहाँको केही आकर्षक तस्बिर सामाजिक सञ्जालमा सेयर पनि गरेकी छन्। जुन तस्बिरलाई उनका फ्यानहरूले निकै मन पनि पराएका छन्।

विज्ञापन

उनले होटलको स्वीमिङ पुलदेखि, वनजंगल, बाँदर, कुकुरलगायत थुप्रै तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन्।

विज्ञापन

समान्थाले नागा चैतन्यसँग अघिल्लो महिना मात्रै पारपाचुके गरेकी थिइन्। उनीहरूबीचको असमझदारीका कारण विवाह बन्धनमा बाँधिएको चार वर्षमै सम्बन्ध टुंग्याएको विश्लेषण गरिए पनि उनीहरूले यस बारेमा अहिलेसम्म स्पष्ट पारेका छैनन्।

यी दुई जोडीमध्ये एकले करियरलाई महत्व दिने र अर्को चाहिँ परिवारलाई अगाडि बढाउनु पर्नेमा अडिग भएका कारण दुईबीच सम्बन्धमा दरार आएको बताइएको छ। सामन्थ करियर अगाडि बढाउन चाहन्थिन भने नागा चैतन्य अभिनय छाडेर उनले घरपरिवार हेरोस् भन्ने चाहन्थें।

यी दुई जोडी छुट्टिनुको अर्को महत्वपूर्ण कारण पारिवारिक हस्तक्षेप हुन नपाउनु पनि हो। उनीहरूको सम्बन्धका बारेमा परिवारले जानकारी पाउनुअघि नै उनीहरूले सँगै बस्न नसकिने निर्णयमा पुगिसकेका थिए।

सामन्था र नागा चैतन्यले सामाजिक सञ्जालमार्फत आफूहरू औपचारिक रुपमा छुट्टिएको सार्वजनिक गरेका थिए। ‘निकै सोच विचार गरेर नै चैतन्यसँगको सम्बन्ध टुङ्ग्याउने निर्णय गरेको हुँन्।

१० वर्ष लामो मित्रतापछि हामीले संगै बस्ने निर्णय गरेका थियौं’, सामन्थाले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘हामी बैवाहिक सम्बन्धबाट अलग भएका छौं। तर, हामी असल साथीका रुपमा संधै रहिरहने छौं। अहिलेको मुस्किल समयमा हामीलाई साथ र सहयोग गर्नुहुने सबैप्रति आभारी छौं।’


सामन्था र नागा चैतन्यको विवाह सन् २०१७ को अक्टोबरमा भएको थियो। यी दुईले थुप्रै चलचित्र र विज्ञापनहरूमा सँगै काम गरेका थिए। तेलुगु र तमिल चलचित्र क्षेत्रमा चिनिएकी अभिनेत्री सामन्था पहिलो पटक बलिउड चलचित्र ‘फेमिली मेन २’ मा देखिएकी थिइन्।

अभिनेत्री सामन्थाले सन् २०१० बाट अभिनय यात्रा थालेकी हुन्। नागा चैतन्य दक्षिण भारतका सुपरस्टार नागार्जुनका छोरा हुन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस