शनिबार, साउन १२, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • भन्सालीको फिल्मबाट ‘कमब्याक’ गर्दै मनिषा कोइराला
बलिउड/हलिउड

भन्सालीको फिल्मबाट ‘कमब्याक’ गर्दै मनिषा कोइराला

मुम्बई । बलिउडका सुपरहिट निर्देशक एवं निर्माता संजय लीला भन्सालीको आगामी फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ। उनी निर्देशित हीरामण्डी फिल्म वेवसिरिजको रुपमा नेटफ्लिक्समा सार्वजनिक हुने बलिउड हंगामाले जनाएको छ।

 

विज्ञापन

नेटफ्लिक्सले हीरामण्डीलाई अहिलेसम्म दुई सय करोड खर्च गरिसकेको समाचारमा उल्लेख छ। भन्सालीको यो फिल्ममा सोनाक्षी सिन्हा, मनिषा कोइाराला, हुमा कुरेसी र ऋचा चड्डाको मुख्य अभिनय रहने बताइएको छ।

विज्ञापन

वेवसिरिजको पहिलो एपिसोड भन्सालीले निर्देशन गर्नेछन् भने बाँकी ६ एपिसोड मिताक्षरा कुमारले निर्देशन गर्नेछन्। मिताक्षाराले बाजिराव मस्तानी र पद्मावतमा सहायक निर्देशकको रुपमा काम गरेका थिए। हीरामण्डी देहव्यापारमा आधारित वेवसिरिज रहेको भन्सालीले जानकारी दिएका छन्। वेवसिरिजलाई भन्सालीकै प्रोडक्सनले निर्माण गर्ने बताइएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस