शनिबार, साउन १२, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • सेलेना गोमेजलाई आमा बन्न नपाउने चिन्ता
बलिउड/हलिउड

सेलेना गोमेजलाई आमा बन्न नपाउने चिन्ता

काठमाडौं । अमेरिकी गायिका सेलेना गोमेज व्यवसायिक जीवनसँगै निजी कुराले पनि चर्चामा रहन्छिन् । उनलै हालै खुलासा गरेको एक कुराले चाहिं सबैलाई छक्क बनाएकाे छ ।

आफू कहिल्यै आमा बन्न नसक्ने हो कि भन्ने चिन्ता आफूलाई लागिरहेको खुलासा सेलेनाले गरेकी छन् । आफूले कहिल्यै बच्चालाई जन्म दिन नसक्नेबारे उनको चिन्ता देखिएको छ ।

विज्ञापन

यसो हुनुमा सेलेनाले आफ्नो रोग निको पार्न एक औषधिको प्रयोग गरिरहेकी छन् । सन् २०२० मा उनले यस्तो बिमारीको खुलासा गरेकी थिइन् ।

विज्ञापन

दुई वर्ष पहिले सेलेनाले आफू बाइपोलार डिसअर्डरबाट ग्रसित भएको खुलासा गरेकी थिइन् । यो एक मानसिक बिमारी हो । उनले भनेकी थिइन्, ‘वर्षौंसम्म विभिन्न कुराबाट गुज्रिएपछि मैले मैले यो कुराको महसुस गरेँ कि म बाइपोलारबाट ग्रस्त थिएँ । एकपटक मैले जब यसबारे बुझ्छु, तब मलाई डर लाग्दैन । मलाई लाग्छ, मान्छे यसबाट डराउँछन् ।’

फक्स न्यूजका अनुसार सेलेनाले हालैको एक अन्तर्वार्तामा आफ्नो भविष्यको योजनाबारे खुलेर कुरा गरिन् । आफूलाई ठूलो परिवार मनपर्ने भएपनि औषधिको कारण यो कुरा जोखिमपूर्ण हुने उनले बताइन् ।

तर आफू आमा बन्न तयार भएपछि अन्य माध्यमबाट पनि बच्चा जन्माउन सक्ने उनको भनाई छ । सन् २०१४ मा लुपुसको कारण सेलेना अस्पतालमा भर्ना भएकी थिइन् । त्यसपछि उनलाई मिर्गौला प्रत्यारोपण गरियो । हालै उनको डकुमेन्ट्री फिल्म ‘माइ माइण्ड एण्ड मी’ पनि रिलिज भएको छ जहाँ उनले आफ्नो जीवनको उतारचढावबारे बोलेकी छन् ।

पूर्वप्रेमी जस्टिन बिबरसँग अलग हुनुलाई उनले अहिलेसम्मकै महत्वपूर्ण क्षण भएको समेत उनले बताएकी छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस