शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • शेखर–गगनको बहसप्रति देउवा असन्तुष्ट : धेरै नचिढ्याऊँ प्रचण्डले गठबन्धन छाड्न सक्छन् !
समाचार

शेखर–गगनको बहसप्रति देउवा असन्तुष्ट : धेरै नचिढ्याऊँ प्रचण्डले गठबन्धन छाड्न सक्छन् !

काठमाडौं ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार चलिरहेको छ ।

विज्ञापन

सरकार सञ्चालनका लागि सत्तारुढ दलका शीर्ष नेता सम्मिलित राजनीतिक समिति पनि छ । सो समितिभित्र पनि विभिन्न विषयमा मतभेद छ । जस्तो कि एमसीसी पारित गर्ने कि नगर्ने, आगामी निर्वाचनमा गठबन्धन कायम रहने कि नरहने भन्ने विषयमा विवाद देखिएको छ ।

विज्ञापन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन कायम राखेर चुनावमा जानुपर्ने तर्क राखेका छन् भने अहिले नै एमसीसी पारित गर्न नहुने अडानमा छन् ।

 

 

 

सोही अडानमै छन् अर्को पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ।

तर कांग्रेसभित्र उठेको अर्को जबर्जस्त आवाज हो अब हुने निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्न हुँदैन एक्लै लड्नुपर्छ ।

तर यि दुवै पक्षको कुरापछि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आफ्नो धारणा अघि सारेका छैनन् ।

सत्तागठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसमा चुनाव एक्लै लड्ने र गठबन्धनमा लड्ने बहस जारी छ । यो बहस अहिले एकाएक उठेको होइन, गतवर्ष शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच पनि चितवनमा यही विषयमा बहस भएको थियो । पार्टी कार्यकर्ताले रुखमा भोट हाल्न पाउनुपर्छ, अरु पार्टीसँग सेटिङ गरेर कांग्रेस कार्यकर्ता र भोटहरुहरुलाई अरु पार्टीको चुनाव चिह्नमा भोट हाल्न बाध्य पार्नु हुँदैन भन्दै पौडेलले शोकसभामै सभापति देउवासँग झर्किएका थिए ।

अहिले गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रले सरकारको बहुमतसमेत गुमेर नयाँ परिस्थिति आउने हुँदा प्रचण्डलाई चिढ्याउन नहुने भन्दै प्रधानमन्त्री देउवाले पार्टीका नेताहरुलाई सम्झाउन थालेका छन् ।

तर, अहिले पौडेले देउवासँग वादविवाद गर्ने अवस्थामा छैनन् । उनी सरकार सञ्चालनका लागि सुझाव दिने उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजक छन् । तर, कांग्रेसमा एक्लै चुनाव लड्नुपर्छ भन्ने मत भने अझ बलियो बनेर आएको छ । पार्टीमा करिब ४१ प्रतिशत मतको प्रतिनिधित्व गर्ने शेखर कोइराला र महामन्त्री गगन थापाको समूहले अहिले कांग्रेसले चुनावमा कसैसँग गठबन्धन नगर्ने कुरा जोडतोडका साथ उठाइरहेका छन् । त्यसबेला रामचन्द्र पौडेललाई मञ्चबाटै हप्काउने देउवा भने अहिले शेखर–गगन समूहको बहसबाट चिन्तित भएका छन् । उनलाई अहिले भइरहेको बसहले सत्ता गठबन्धनलाई मात्र जोखिममा पार्न नभएर आगामी चुनावमा जस्तै कांग्रेसलाई समस्या हुन्छ भन्ने लागेको छ ।

“अहिले पार्टीका साथीहरुले कसैसँग चुनावी गठबन्धन हुँदैन, कसैले त्यस्तो गठबन्धनको निर्णय गर्छ भने त्यो स्वीकार्य पनि हुँदैन भनेर बहस चलाइरहनुभएको छ,” सभापति देउवाको भनाई उद्धृत गर्दै उनी निकटका एक केन्द्रीय सदस्यले भने, “त्यसले प्रचण्ड गठबन्धनबाट जान सक्छन् भनेर प्रधानमन्त्री चिन्तामा हुनुहुन्छ ।”

ती केन्द्रीय सदस्यका अनुसार वर्तमान गठबन्धन भत्किए धेरै कुरा परिवर्तन हुने भन्दै नेताहरुले आफ्नो बोलीमा लगाम लगाउनुपर्ने बताए ।

“शेखरजी, गगनजीहरु कुनै पार्टीसँग चुनावी गठबन्धन हुँदैन, चुनावी गठबन्धन स्वीकार गरिँदैन भनिरहनुभएको छ, यसले आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारलाई नै जोखिममा पारिरहेको छ,” ती केन्द्रीय सदस्यले भने, “उहाँहरुले यसरी नै बहस गरिरहनुभयो र चुनावी गठबन्धन हुँदैन भन्ने निश्चित भयो भने प्रचण्ड सत्ता गठबन्धनबाटै बाहिरिन सक्छन् । जुन कांग्रेसको सरकारका लागि मात्र नजिकिँदो निर्वाचन अनिश्चित गर्दै संविधानलाई नै जोखिममा पुर्‍याउने कदम बन्न सक्छ ।”

अहिले सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने र नगर्ने विषयले हलचल ल्याएको चर्चा भइरहेको छ । तर, देउवा निकटका ती केन्द्रीय सदस्य वर्तमान संसदबाट एमसीसी अनुमोदन नहुन पनि सक्ने बताए ।

“अहिले नै एमसीसी अनुमोदन नहुन पनि सक्छ, एक दुई बुँदा सच्याएर अनुमोदन हुन पनि सक्छ । तर, एमसीसीले सत्ता गठबन्धन नै नरहने अवस्था आउँदैन । बरु चुनावी तालमेल नहुने हो भने त्यसले प्रचण्डलाई गठबन्धनबाट बाहिर पु¥याउन सक्छ,” ती केन्द्रीय सदस्यले भने ।

कांग्रेसले प्रतिपक्षमा रहँदादेखि एमसीसी पास गर्नुपर्छ भन्दै आएको थियो । देउवा निकटका केन्द्रीय सदस्यका अनुसार एमसीसी सम्झौता हुँदा त्यसमा विवाद गर्नुपर्ने कारण नभए पनि केपी शर्मा ओली सरकारका पालामा एमसीसीका केही प्रावधान संशोधन गरेर संसदबाट पारित गर्नुपर्ने प्रावधान राखेपछि राजनीतिक विवादको विषय बनेको हो ।

“अहिले पनि ओली प्रचण्ड बाहिरिए भने व्याकअप गर्न तयार छु त भनिरहनुभएकै छ । तर, गठबन्धन भत्काएर एमसीसी मात्र पारित गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न,” ती केन्द्रीय सदस्यले थपे, “एकदुई बुँदा संशोधनका लागि अमेरिका पनि तयार हुन्छ । त्यति गरेपछि प्रचण्ड माधव नेपाल दुई सहमत भएर अगाडि जान तयार हुनुहुन्छ ।” उनका अनुसार एमसीसी सरकारका लागि जटिलता ल्याउने विषय नै होइन ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस